स्वास्थ्य

अधिकांश महिलालाई हुने रोग ल्यूकोरिया र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल यो रोग अधिकांश महिलालाई हुने गरेको पाइन्छ । यसलाई ह्वाइट डिस्चार्ज पनि भन्ने गरिन्छ । यो समस्या महिलाहरुमा महिनावारीभन्दा पहिले वा पछि एक वा दुई दिन हुने गर्दछ । हरेक महिलामा यो फरक समयमा तथा फरक चक्रमा हुन सक्छ । बिवाहित वा अबिवाहित कुनै पनि महिलामा यो समस्या देखिन सक्छन् ।

ल्यूकोरिया (Leucorrhoea) को प्रमुख कारण र समस्या ?

१. यौनांगको सरसफाई नगर्दा संक्रमण हुन सक्छ । यसको कारणले सेतो पानी बग्ने समस्या देखिन सक्छ ।

२. महिनावारी, गर्भावस्था तथा मोनोपज अर्थात महिनावारी बन्द हुने समयमा महिलाको शरीरमा हुने हर्मोनल गडबडका कारण यो समस्या देखिन सक्छ ।

३. बारम्बार गर्भपतन गर्दा पाठेघरमा हुने संक्रमणका कारण पनि ल्यूकोरियाको समस्या देखिन सक्छ ।

४. मधुमेहले पनि कहिलेकाँही यौनांगमा संक्रमण गराउन सक्छ । त्यसले गर्दा पनि ल्यूकोरिया हुन सक्छ ।

५. गोनेरिया, क्लेमाईडिया जस्ता यौन सम्पर्कका कारण सर्ने रोगले यौनांगमा संक्रमण फैलाउँदा ल्यूकोरियाको समस्या देखिन सक्छ ।

६. कहिलेकाही गर्भनिरोध चक्कीहरु, क्रिम तथा अन्य गर्भनिरोधक साधनको कारण संक्रमण हुन सक्छ । जसको कारण पनि ह्वाइट डिसचार्ज हुन सक्छ ।

७. ह्वाइट डिसचार्ज अथार्त सेतो पानी बग्ने समस्याबाट बच्नको लागि यौनांगको नियमित सरसफाइ गर्ने, स्वस्थ खानेकुरा खाने आदी गर्न सकिन्छ ।

Like & Follow us on Facebook

उपचार

यस्तो समस्या देखिएमा तुरून्त डाक्टरसंग मरामर्श गरेर उपचार गराउनु पर्दछ । यहा केहि औषधि बारे जानकारी पस्कन लागेको छु फाइदा उठाउन सक्नु हुनेछ।

१. Metronidazole 400mg को टेब्लेट दिनमा ३ पटक खान दिने निको हुन्छ ।
२. Fluconazole 150 को टेब्लेट एउटा मात्र खान दिने ।
३. भेजीनल वासले योनी सफा गराउने ।
४. फिटकरीले दैनिक योनी सफा गर्ने ।
५. ल्यूकोहर्ब १५ मि.लिको समभाग पानी मिलाएर दिनमा २ पटक सेवन गराउने ठिक हुन्छ ।

यो पनि पढ्नुहोस्

फूड पोइजनका कारणहरु र उपचार

टाउको दुखाईको औषधी र उपचार

प्यारालाइसिसको रोकथाम र उपचार

इन्सेफेलाइटिस र यसको उपचार

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!