आयुर्वेद

धतूरोको तान्त्रीक प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ताँन्त्रीक विधिबाट धतूरोको जरा घरभित्र राख्नाले सर्प नपस्ने भनेको छ के यो सम्भव छ ? यस विषयमा गहन अध्ययनको खाँचो देखिन्छ । आयुर्वेदिक औषधिको रहस्य जान्न सके मानिसले चमत्कारयुक्त काम गर्न सक्छन् जस्तो मलाई लागेको छ । आज मैले यिनै विषयमा केही प्रकाश पार्ने जमर्को गर्दैछु । सर्पलाई हजुरले देख्नुभयो तर डरले गर्दा छोप्न सक्नु हुन्न तर गरूड बृक्षको बोक्रा वा नागदमन बुटिलाई हातमा लिएर छोप्न सक्नुहुन्छ । यसको ठोस कारण हो जडिबुटीको महिमा अपरम्पार छ यसको व्याख्या गरेर साध्य छैन ।

जडिबुटीको महत्व हामीले भन्दा पशुपन्छीले ज्यादा बुझेको हुन्छ । एकपटक मेरो घरमा एउटा कुकुर पालेको थिए उसलाई पेट सम्बन्धी समस्या भएको रहेछ । एकदिन उ अघि म पछि गर्दै हामी चौरतिर लागेका थियौं कुकुरले दुबो खाएको देखे तर मलाई यसको कारण केहि थाहा थिएन एकछिन पछि उसले वाक्न थालेपछि मात्र थाहा पाए दुबोले उल्टि गराउदो रहेछ ।

पशुलाई बोलाउदा आउछ जा भन्दा जान्छ । यदि पशुले यो नबुझ्ने भएको भए कुरै अर्को हुने थियो हामीले पशुको भाषा बुझ्न नसकेको मात्रै हो जुन कुरा पशुले सवै बुझेको हुन्छ । न्याउरी मुसालाई सर्पले डसेर मर्दैन तर उसले आफ्नो बचाउको लागि पटक-पटक जडिबुटी सेवन गरेको पाइन्छ ।

हाम्रो समाजमा यस्ता कुरामा कतिपयको ध्यान पुग्न सकेको छैन यो विडम्बना हो । आज जतिपनि औषधि हामीले सेवन गरेका छौं सवै विदेशीको देन हो भन्दा फरक छैन । हामी परनिर्भरमा चुर्लुम्म डुबेका छौं के राम्रो के नराम्रो केहि थाहा छैन । अन्तमा सर्प घरमा नपस्ने तान्त्रीक विधि मैले तल दिन गइरहेको छु ।

Like & Follow us on Facebook

धतूरालाई कसरी प्रयोग गर्ने ?

धतूराको जरालाई अश्लेषा नक्षत्रमा उखेलेर घरमा ल्याउने र घरमा राख्ने सर्प कहिलै भित्र पस्दैन यो अनुभव स्वयं मैले गरेको छु ।

नोट: अश्लेषा नक्षत्रबारे ज्योतिषलाई सोध्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसीको तान्त्रीक प्रयोग

अपमार्गको तान्त्रीक प्रयोग

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

तिलको तान्त्रीक उपयोग

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!