चिकित्सा विज्ञान

झाडापखाला र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

झाडापखाला लाग्नुका थुप्रै कारणहरू मध्ये फुडपोइजन पनि एक हो । हामीले खाने खाना हल्का र शरीरले राम्रोसंग पचाउन सक्ने खालको हुनुपर्छ । खाना राम्रोसंग नचपाई खानाले पनि शरीरले राम्रोसंग नपचेर पनि पखला लाग्न सक्छ । चाहे जेहोस् लापरबाहीपुर्बक बासी सडे-गलेको खाना खानाले अधिकांशलाई पखला लाग्ने गरेको पाइन्छ ।

रोग लाग्नुको ठोस कारण भनेकै अस्वस्थकर खाना खानु हो । आज हामीले झाडापखालाबाट आफुलाई कसरी बचाउने भन्ने बारेमा प्रकाश पार्नेछौं । बजारमा बनि बनाएका अधिकांश बस्तुहरू बासी हुने हुनाले यस्ता बस्तु सेवन नगर्नु राम्रो हुनेछ । खाना हमेसा राम्रोसंग चपाएर खाने बानी बसाल्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

झाडापखाला सामान्यतया गर्मी मौसममा फैलने रोग हो । दैनिक दुई वा तीन पटक वा त्यस भन्दा बढी पानी जस्तो पातलो दिसा लाग्नु झाडापखालाको लक्षण हो । हाम्रो नांगो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी संक्रमित हुन्छ त्यो खाना, पानी हाम्रो फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्छ ।

भाइरस भन्दा ब्याक्टेरिया र ब्याक्टेरिया भन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुने हुन्छ । झाडापखालाको धेरै समयसम्म उपचार नगरे मृत्यु समेत हुन्छ । शरीरका प्रणालीका रोग, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला गराउन सक्छ ।

झाडापखाला हुँदा देखिने लक्षण ?

झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, बाउँडिने र गल्ने, बच्चा हो भने झर्को मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, बच्चाहरूमा आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने पनि झाडा पखालाका लक्षण हुन् ।

Like & Follow us on Facebook

उपचार

१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुने गर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।

२. झाडा पखलामा दहिमा आपको भित्रको कोयालाई राम्रो संग पिसेर राख्ने आधा चमच पाउडर दहिमा राखरे खान दिनाले पनि पखला रोकीन सक्छ ।

नोट : झाडापखाला र बान्ता एकैसाथ आएको छ भने नजिकको हेल्थ क्लिनिक या स्वास्थ्य समस्थामा लगेर उपचार गराउनुपर्छ । डाक्टरको परामर्शमा उपचार गराउनाले मानीसको ज्यान बचाउन सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!