स्वास्थ्य

मुटुको समस्याबाट कसरी बच्ने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हाम्रो शरीरको महत्वपूर्ण अंग मुटु हो यसका लागि व्याम आवश्यक छ । व्याम भन्नाले हिड्नु, दौडनु, काम गर्नु सवै व्याम अन्तर्गत पर्दछ । जति-जति एेयासी बढ्दैछ त्यही अनुपातमा मुटुको रोग बढ्दैछ । मुटुको समस्या न्यूनीकरण गर्न मात्र औषधि होइन खानपिनको पनि ठूलो भूमिका देखिन्छ । आज मानीसलाई फुर्सद छैन आफ्नो स्वास्थ्यप्रति ।

आज जति-जति शहरीकरण बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ । केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं । सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं । मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ । यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो । शारीरिक रूपमा सक्रिय भएर हो ।

मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक ३० मिनेट लम्केर हिँड्नुपर्छ । साताको ५ दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ । उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्ता समस्या अचेल निकै बढेका छन् । जाडोमा मुटुका समस्या बढी हुन्छ । चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ ।

शाकाहारी दालभात स्वस्थ हुन्छ । नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ । माछा पनि लाभदायक मानिन्छ। हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ। खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ। बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

रक्सी सेवनका नकारात्मक असरहरु

चक्कर किन लाग्छ ?

मानिसलाई रिंगटा के कारणले लाग्छ ?

रिंगटा किन लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!