विज्ञान जिज्ञासा

माउसुलीलाई छुँदा पुच्छर छोडी किन भाग्छ  ?

प्राय: गरेर माउसुलीलाई छुँदा पुच्छर छोडी भाग्ने गर्छ । धेरैजसो प्राणीहरु आफ्नो जीवन रक्षाको निमित्त आ-आफ्नै तरिका प्रयोगमा ल्याउने गर्छन् । उनीहरुले आफू र आफ्ना बच्चाहरुको साथै अन्य सदस्यहरुलाई शत्रुबाट बचाउने उपायहरु अवलम्वन गरेको देखिन्छ । साधारण उदाहरणको लागि प्राणीहरु समूहमा मिलेर बस्दछन् । आफ्नो वरिपरिको वातावरण र आफ्नो शरीरको रङ्ग एउटै हुँदा शत्रुहरुको देखेका हुँदैनन् । यसरी नै माउसुलीहरुले पनि शत्रुबाट बच्नकै निमित्त कुनै शत्रु नजिक आउँदा वा कसैले चलाई दिंदा पुच्छर छोडी भाग्ने गरेको पाइन्छ । त्यसरी छोडिएको पुच्छर केही समयसम्म चली नै रहन्छ । शत्रुले उक्त चलीरहेको पुच्छरलाई नै शत्रु सम्झी हमला गर्न पुग्छ । जब कि माउसुली निकै पर भागी सकेको हुन्छ।

यसरी माउसुलीहरु शत्रुलाई सजिलै झुक्याएर आफ्नो जीवन रक्षा गर्न सक्छन् । पुच्छर टुक्रायाउँदा कडा नभएको नरम भागमा टुक्रिने गर्दछ, जसलाई आत्मविच्छेदन  भनिन्छ । यसरी टुक्रिएको पुच्छरको ठाउँमा फेरि केही समय पछि पुच्छर पलाएर आउँछ जसलाई पुनर्जीवन भनिन्छ । यसैबाट मानिसहरुको एउटा पाठ सिकेका छन् । जस्तो कुनै बेला सर्प, गैंडा वा कुनै अरु जनावरको लखेट्न आयो भने कुनै रुमाल, कपडा वा लगाएको लुगा छोडी भाग्नु पर्दछ र सजिलै उक्त जनावरबाट बच्न सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!