शास्त्र

शरीरको कुन अंगमा माउसुली खस्दा के हुन्छ ?

शरीरको कुन अंगमा माउसुली खस्दा के हुन्छ ? धर्मशास्त्रका अनुसार प्रकृतिले भविष्यमा हुने घटनाको जानकारी दिन विभिन्न माध्यम बनाएको छ । पशुपंक्षी वा जीवन जन्तु विभिन्न क्रियाकलापको माध्यमबाट हामीलाई भविष्यमा हुने घटनाको जानकारी दिन्छन् । तपाइँलाई थाहा नहुन सक्छ घरमा भेटिने माउसुली पनि भविष्यमा हुने विभिन्न घटनाबारे जानकारी दिने जीव मानिन्छ । तपाइँले माउसुलीले गरेको संकेत बुझ्नु भो भने सम्भावित घटनाबारे अनुमान गर्न सजिलो हुन्छ ।

कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । शकुन शास्त्र अनुसार शरीरको कुन अंगमा माउसुली खस्दा के फल हुन्छ ? जानौ ।

टाउको : सम्पत्ति पाइने सम्भावना

कपाल : मृत्युको बेला भएको संकेत

दाहिने कान : गरगहना प्राप्ति

देब्रे कान : आयु वृद्धि

नाक : भाग्योदय

मुख : मीठो भोजन

दाहिने गाला : उमेर बढ्ने

देब्रे गाला : पुरानो साथी भेट

गर्दन : यशप्राप्ति

दाह्री : डरलाग्दो घटना

जुँगा : सम्मान प्राप्ति

आँखीभौं : धनहानि

दाहिने आँखा : कुनै मित्रसँग भेट

देब्रे आँखा : छिट्टै धनहानि

घाँटी : शत्रुनाश

दाहिने काँध : विजय प्राप्ति

देब्रे काँध : नयाँ शत्रु बन्ने

दाहिने हात : धनलाभ

देब्रे हात : सम्पत्ति नाश

दाहिने हत्केला : कपडा पाइन्छ

देब्रे हत्केला : धन नाश

दाहिने छाती : धेरै खुशी

देब्रे छाती : घरमा क्लेश

कमरको बीचमा : आर्थिक लाभ

पिठ्युँको दाहिने भाग : सुख

पिठ्युँको देब्रे भाग : रोग

पिठ्युँको बीच भाग : घरमा कलह

नाभि : मनोकामना पूर्ण

दाहिने जाँघ : सुख

देब्रे जाँघ : शारीरिक पीडा

दाहिने घुँडो : यात्रा

देब्रे घुँडो : बुद्धिनाश

दाहिने गोडो : ऐश्वर्य प्राप्ति

देब्रे गोडो : बिरामी

दाहिने पाइतालो : श्रीप्राप्ति

देब्रे पाइतालो : व्यापार हानी

यो पनि पढनुहोस्

माउसुलीलाई छुँदा पुच्छर छोडी किन भाग्छ  ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!