राष्ट्रिय समाचार

पोखरा आसपासमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का

माघ १७ । पोखरा आसपासमा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का ! पोखरा आसपासको क्षेत्रमा केहीबेर अघि भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार साँझ ७ बजेर ४५ मिनेटको समयमा पर्वतको देउपुर गाविसलार्इ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।  शनिबार साँझ ७ बजेर ४५ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्की, पर्वत र म्याग्दीको सीमाना बनाएर  भूकम्पको बढी धक्का महशुस गरिएको जनाएको छ । भूकम्पको धक्का महसुस भएपछि पोखरा तथा आसपासका जिल्लाका मानिस डराउँदै सडकमा निस्केका थिए । भूकम्पले पुर्‍याएको मानवीय तथा अन्य क्षतिको विवरण आउन सकेको छैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!