राष्ट्रिय समाचार

८ कक्षामा अध्ययनरत विद्यार्थीले बनाए नमूना हेलिकप्टर

बाग्लुङ, माघ १७ ।  ८ कक्षामा अध्ययनरत विद्यार्थीले बनाए नमूना हेलिकप्टर । भनिन्छ, कला र प्रतिभालाई उमेरले छेक्दैन । सानै उमेरमा पनि कुनै न कुनै छाप छोड्न सफल हुने गरेको थुप्रै उदाहरण छन्, यस्तै उदाहरण बनेका छन्, बाग्लुङको सिद्धार्थ शिक्षा सदन विद्यालयमा कक्षा ८ मा अध्ययनरत रिवाज श्रेष्ठ।  रिवाजले ४ ओटा पंखा भएको नमूना हेलिकप्टर बनाएर उडाएका छन् ।  चारओटा मोटर प्रयोग गरेर निर्माण गरिएको हेलिकप्टर ३० मिटर माथिसम्म उडेको थियो । विद्यालयले गरेको पत्रकार भेटघाटमा रिवाजले आफूले तयार गरेको हेलिकप्टर उडाएर देखाएका हुन् । हेलिकप्टर उडेपछि त्यसमा जोडिएको ‘डिभाइस’बाट ‘टेलिकास्ट’ समेत गर्न सकिने रिवाजले बताए ।

सानैदेखि जिज्ञासु स्वभावका श्रेष्ठले चार महिनाको मेहनतमा ‘रिमोट’बाट ‘कन्ट्रोल’ हुने हेलिकप्टर उडाएका हुन् । यसअघि रोबर्ट, मिनी हाइड्रोपावर परियोजना, इलेक्ट्रिकल कार, सोलार हेट फ्यान बनाएका रिवाजले आगामी दिनमा अझै नयाँनयाँ अनुसन्धान गर्ने बताएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!