राजनीतिराष्ट्रिय समाचार

गणतन्त्र र धर्मनिरपेक्षता प्रश्नावलीमा राख्न राप्रपा नेपालको माग

काठमाडौं, १८ माघ, २०७१ । गणतन्त्र र धर्मनिरपेक्षता प्रश्नावलीमा राख्न राप्रपा नेपालको माग । प्रश्नावली निर्माण समितिको कार्यविधि निर्माण गर्न गठित उपसमितिको बैठकमा प्रश्नावलीमा राख्ने विषयका बारेमा विवाद भएको छ । आज बिहान बसेको बैठकमा राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयलाई पनि प्रश्नावलीमा राख्नुपर्ने माग गरेपछि विवाद भएको हो ।

प्रस्ताव निर्माण समितिको कार्यविधिको मस्यौदाको धारा ६ को ग मा रहेको ‘पहिलो संविधानसभाको पहिलो बैठकबाट पारित भएका संघीय लोकान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावली सहितको प्रस्ताव निर्माण गर्ने भन्ने वाक्यांशमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले असहमति जनाउनु भएको छ ।

कांग्रेस, एमाले लगायतका दलले अन्तरिम संविधानमा नै उल्लेख भएर सबैले स्वीकार गरेको विषय भएकाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषय प्रश्नावलीमा राख्नु नपर्ने बताएका छन् । यस विषयमा विवाद भएपछि बैठक आइतबार नै दिउँसो साढे १२ वजेसम्मका लागि स्थगित गरिएको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफुहरुको विषयलाई प्रश्नावलीमा उल्लेख नगरे नोट अफ डिसेन्ट लेख्ने प्रतिक्रिया दिनु भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!