राजनीतिराष्ट्रिय समाचार

राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी

काठमाडौँ, २५ मङ्सिर । राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनः प्रमुख सचेतक बन्नुभएको हो । उहाँ यसअघि पनि राप्रपा नेपालको प्रमुख सचेतक हुनुहुन्थ्यो ।

पार्टीको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचीवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ । यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!