राजनीतिराष्ट्रिय समाचार

यो देश अरुले नै चलाएको छ : दिलनाथ गिरी

काठमाडौं, असोज २, २०७३  । यो देश अरुले नै चलाएको छ : दिलनाथ गिरी ! राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न देशी-विदेशी शक्तिहरु लागी परेको बताउनु भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा गिरीले भने,‘आगामी ०७४ माघ ७ भित्र तीनवटै निकायको चुनाव गराउनुपर्छ, तर चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खतरा छ ।’
उहाँले नेपालको शासन प्रणालीलाई नै अस्थिर बनाउन विदेशी शक्ति लागेको बताउनु भयो । गिरीले अघि थप्नुभयो,‘हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ ।’ संविधान संशोधन विधि र प्रक्रियाबाट हुनुपर्ने उहाँको भनाई थियो । यद्धपी सरकारले अहिलेसम्म आफ्नो दलसँग संशोधनको बारेमा कुनै परामर्श एवम् छलफल नै नगरेको बताउनु भयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!