अचम्मको संसार

ढाकामा रगतको खोला बग्यो

एजेन्सी, भदौ २९ । मुसलमानहरुको कुर्वानीको पर्व ईद अल अदाको दिन मंगलबार भदौ २८ बंगलादेशको राजधानी ढाकाको सडकमा रगतको खोला बग्यो । मुसलमानले ठूलो चाड मनाउने क्रममा दिइएको बलिका कारण बंगलादेशको राजधानी ढाकाका सडक र खोला रक्ताम्मे बनेका छन् ।

भारी बर्षाले मानिसहरुलाई समस्यामा पारेको थियो । बर्षाका कारण मानिसहरुले बध गर्ने स्थानसम्म जान सकेनन् वा धार्मिक कर्मकाण्डको लागि घरमै बलि दिनुपर्ने सोचका कारण पनि यस्तो भएको हो । ढाकाका अन्दाजी १५ सय वधशाला अत्यधिक वर्षात्का कारण बन्द भएपछि मानिसहरुले आफ्नै घरको आँगनमा वा ग्यासरेजमा बलि दिएका थिए । जथाभावी पशुबलि दिँदा फालिएको रगतले वरपरका सडक र खोला नै रक्ताम्मे बनेका हुन् ।

कुर्बानीका लागि बलि दिइएको जनावरको रगत वर्षाको पानीसँगै मिसिएको थियो । ढाकामा मात्र मंगलबार एक लाखभन्दा बढी पशुको बलि दिइएको थियो । बंगलादेशको पत्रिका ढाका ट्रिब्युनका अनुसार पानी र रगतको मिश्रणले खोला र सडकमा अजीवको दृश्य देखिएको छ । रगतले भरिएको खोला र सडकको तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गरेर सर्वसाधारणले सरकारको आलोचना गरेका छन् ।

‘आफूलाई पायक पर्ने ठाउँमा बलि दिएपछि ठूलो मात्रामा जम्मा भएको रगत वर्षाको भेलमा मिसिँदा खोला पनि रक्ताम्मे भएका छन्,’ नगर निगमका एक अधिकारीले बताए । बंगलादेशको राजधानी ढाकामा कमजोर ड्रेन निकासका कारण सानो वर्षा हुँदा पनि सडकमा पानी जम्ने समस्या हुने गर्छ । ढाकाका स्थानीय अधिकारीहरुले पनि बर्षापछि पानी जम्ने समस्या नयाँ नभएको र यो समस्या समाधानका लागि काम भइरहेको बताएका छन् ।

रगतको-खोला76

गतको-खोला3.

रगतको खोला4

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!