रोचक

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत समय कसरी बित्छ ? यो बारेमा एक पटक समीक्षा गरौ ।  मानव विकास सूचकांकको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ । स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ ।

आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ । मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र एक पटक समीक्षा गरौ ।

१) करिब २० देखी २५ बर्षसम्म सुतेर
२) करिब १५ बर्षसम्म काम गरेर
३) करिब ६ बर्षसम्म खानपिन गरेर
४) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
५) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर

६) करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
७) करिब ७० दिन ऐना हेरेर

विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ। नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ। नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन्।

मेडिकल जर्नल ‘लान्सेट’ मा प्रकाशित यो अध्ययन ‘ग्लोबल बर्डेन अफ डिजिज २०१३’ को आकलनमा आधारित छ। विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्युमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो।

अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ। ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन्। यसको कारण हो, एचआईभी/एडसले गर्दा हुने मृत्युमा बढोत्तरी हुनु। यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत घट्दै आएको छ।

तर सास सम्बन्धी रोग, झाडापखाला, औलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यु हुने गरेको छ। उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको देखाइएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!