धर्म-सस्कृति

यमपञ्चकसँग जोडिएका केहि रोचक तथ्यहरू

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकसँग जोडिएका केहि रोचक तथ्यहरू यस प्रकार छन् :

१. नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।
२. यमपञ्चकमा विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।
३. लक्ष्मी र धन्वन्तरी प्रकट यसैदिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ ।
४. महावीर स्वामीको निर्वाण दिवस जैन धर्माबलम्वी अनुसार चौबिसौ तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ ।
५. अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास सिखहरूको निम्ति पनि यमपञ्चक महत्त्वपूर्ण छ किनकि यमपञ्चकमा अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो।
६. नेपाल संवत यमपञ्चकमा नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
७. मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरूमा उनी भाग लिन्थे।
८. शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरूले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरूमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरूले भाग लिन्थे।
९. पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दुवै दीपावलीको दिन भएको थियो ।
१०. महर्षि दयानन्द सरस्वतीले भारतीय संस्कृतिका महान जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेकाथिए ।
११. दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो।
१२. बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे।

यो पनि पढ्नुहोस्

यम पञ्चक र यसको महत्व

लक्ष्मीपूजा र यसको महत्व

दिपावली र यसको महत्व

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!