खानपानविज्ञान जिज्ञासा

मांसहारी बनस्पतीहरुले कसरी आफ्नो आहारा बनाउछन् ?

Ram Thakuri
राम ठकुरी

बनस्पतिहरु पनि मांसहारी हुन्छन भन्ने कुरा यहाँहरुलाई पत्याउन गाह्रो पर्छ होला तर संसारको केहि भागमा यस्ता बनस्पतीहरु पाइन्छ्न जसले किराहरुलाई आफ्नो आहारा बनाउने गर्दछन । यस्ता बनस्पतीहरुले माटोबाट पोषक पदार्थ प्राप्त गर्न नसक्ने हुनाले आफ्नो शरीरको बिशेष भागबाट किराहरु पक्री किराको शरीरलाई घुलाई त्यसबाट पोषक पदार्थ सोसेर लिने गर्दछ । यस्ता बनस्पतीहरु जानकारी र तस्वीरहरु तल प्रस्तुत गरिएको छ ।

पिचर प्लान्ट (Pitfall Traps)

यो बनस्पती दक्षिण एसिया र इन्डियन ओसनको वोरिपरी पाइन्छ । यो बनस्पतीमा ढक्कन सहितको थैली हुन्छ जुन थैलीभित्र तरल पदार्थ रहेको हुन्छ। जव किराहरु सो थैलिभित्र प्रबेश गर्दछ तव उक्त थैलीको ढक्कन बन्द हुन्छ जसको कारणले गर्दा किरा भाग्न पाउदैन । थैली भित्र प्रबेश गरेको किरालाई तरल पदार्थले घुलाईदिन्छ र बनस्पतिले किराको शरीरबाट पोषक पदार्थ सोसेर लिन्छ । कुनै कुनै पिच र प्लान्टहरु साना साना किरा मुसा र छेपारोहरुलाई समेत पक्रन सक्ने गरी ठुलो आकारमा बिकाश भएको हुन्छ ।

ब्रोचिनिया रिडुक्टा (Brocchinia Reducta)

बनस्पतिहरु पनि मांसहारी हुन्छन भन्ने कुरा यहाँहरुलाई पत्याउन गाह्रो पर्छ होला तर संसारको केहि भागमा यस्ता बनस्पतीहरु पाइन्छ्न जसले किराहरुलाई आफ्नो आहारा बनाउने गर्दछन । यस्ता बनस्पतीहरुले माटोबाट पोषक पदार्थ प्राप्त गर्न नसक्ने हुनाले आफ्नो शरीरको बिशेष भागबाट किराहरु पक्री किराको शरीरलाई घुलाई त्यसबाट पोषक पदार्थ सोसेर लिने गर्दछ । यस्ता बनस्पतीहरु जानकारी र तस्वीरहरु तल प्रस्तुत गरिएको छ ।

बटरवोर्ट (Butterworts)

यो बनस्पती अस्ट्रेलिया बाहेक अन्य सबै महादेशको चिसो र ओसिलो ठाउमा पाइन्छ । यस्को पातमा गम जस्तो च्याप च्याप लाग्ने पदार्थ हुन्छ र सोही पदार्थमा किराहरु टासिन्छ्न ।

ड्रोसेरा (Drosera)

यो बनस्पतिलाई सन्डिउ पनि भनिन्छ । यो रङिन हुन्छ । यो एन्टार्टिका बाहेक सबै महादेशमा पाइन्छ । यसमा टेन्टाकल जस्तो आकृती भएको भाग हुन्छ जस्को काम किरालाई आल्झाउनु हो ।

भेनस फ्लाई ट्र्याप (Venus Fly Trap)

यो बिरुवा अमेरिकामा पाइन्छ। यस्ले आफ्नो काँडेदार ढक्कन भएको पातमा किराहरु छिरेपछी ढक्कन बन्द गरी आहारा बनाउदछ ।

वाटर व्हील प्लान्ट् (Water Wheel Plant)

यो बनस्पती पानीमा पाइन्छ र यस जरा हुँदैन । यसले पनि भेनसाफ्लाई ट्र्यापले जस्तै किरा पकड्दछ ।

ब्ल्याडर वोर्ट (Bladder Worts)

संसारमा २२३ भन्दा बढी जातका ब्ल्याडर वोर्ट बनस्पती पाइन्छ्न। यी बनस्पतीहरु पानी र जमिन दुबै ठाउँमा पाइन्छ । यसले आफ्नो शरीरमा किरालाई पकड्नको लागी अचानक थैली जस्तो आकृती सिर्जना गर्दछ ।

प्यारोट पिचर प्लान्ट (Parrot Pitcher Plant)

यो दक्षिणी अमेरिकामा पाइन्छ । यसले आफ्नो नेक्टरको सहायताले किराहरु पकड्ने गर्दछ ।

लब्स्टर पट ट्र्याप्  (Lobosterpot Plant)

यसलाई क्यालिफोर्निया पिच र प्लान्ट वा कोब्रा लिली वा कोब्रा प्लान्ट पनि भनिन्छ । यसको आकृती कोब्रा सर्पको जस्तो हुने भएकोले यसलाई कोब्रा लिली पनि भनिएको हो । यसले पनि मिठो गन्ध निकालेर किरालाई आकर्षित गरी पकड्ने गर्दछ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!