वातावरणविज्ञान जिज्ञासा

प्लास्टिकको प्रयोगले वातावरणमा पर्ने हानिकारक प्रभावहरु के के हुन ?

Ram Thakuri
राम ठकुरी

हाम्रो दैनिक जीवनमा प्लास्टिकवाट बनेको सामाग्रीको प्रयोग धेरैनै हुने गर्द्छ । हामीलाइ थाहा छ कि प्लास्टिकको झोलाको प्रयोग कम गर्नु पर्छ भनेर। प्लास्टिकको झोला कसरी हानिकारक हुन जान्छ त भनेर यहाँ प्रकाश पार्न खोजिएको छ । प्लास्टिकलाई रासायनिक भाषामा पोलिइथिन (Polythene) भनिन्छ किनकी यो असन्तृप्त हाइड्रोकार्बन इथिनलाई रासायनिक प्रतिक्रया गरी पोलिमर (Polymer) मा रूपान्तर गरी कृतिम रुपले बनाइएको हुन्छ ।  यो हानिकारक हुनुको कारणहरु यस्ता छ्न ।

१. प्लास्टिक बनाउन मात्र सन्सारमा १ बर्ष मा करिब ६,००,००,००० देखि १०,००,००,०००  ब्यारेल इन्धन तेल खर्च हुन्छ र सो परिमाणको इन्धन बाल्दा अनबिकरणिय ( Non renewable )  इन्धन को स्रोत घट्नु को साथै सोपरिमाणको इन्धन बाल्दा वायु प्रदुसण बढ्नुको साथै हरितगृह प्रभाव  (Greenhouse Effect) बढी बिश्वब्यापी तापक्रम (Global Warming) बढ्ने कारक तत्व थपिदै जान्छ ।

२. नेचुरल इन्भारोमेन्ट (Natural Environment) को खोजले बताए अनुसार बर्सेनि लाखौ समुन्द्री जीवहरु प्लास्टिकलाई भुलवस खाएर वा प्लास्टिकको झोला भित्र थुनिएर मर्दछ्न । बिशेषगरी कछुवा यसको सिकार भएको पाइएको छ । प्रशान्त महासागर मा मात्रै प्लास्टिक तैरिएर ओगटेको क्षेत्रफल अमेरिकाको पूरा क्षेत्रफल भन्दा दुई गुणाले बढी छ ।

३. कयौं मानिसहरु प्लास्टिक जलाउद्छ्न । प्लास्टिक जलाउदा निस्कने हानिकारक ग्यासहरु जस्तै नाइट्रोजन अक्साइड, सल्फरडाइ अक्साइड, डायोक्जिन, वाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदीले बाताबरण प्रदुसण बढाउनु को साथै सो ग्यासहरुले स्वासप्रस्वास र क्यान्सर रोग निम्त्याउने संभावना बढेर जान्छ ।

४. प्लास्टिक पुर्ण रूपमा कुहिएर नष्ट हुनको लागि कम्तिमा पनि ४०० बर्ष लाग्ने हुदा लामो समयसम्म यो पानी र जमिन मा रहिरहन्छ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!