विज्ञानविज्ञान जिज्ञासा

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु के कस्ता रहेका छन ?

Ram Thakuri
राम ठकुरी

पृथ्वीमा प्राकृतिक रुपमा मानव र अन्य जीवको मृत्यु सामान्य रूपमा हुने प्रक्रियामा त हामी  अनभिज्ञ छैनौं । तर छोटो समयभित्रै मानव जातिको  अत्यन्तै ठुलो  संख्यामा बिनास हुन सक्ने सम्भावित कारणबारे यहाँहरुले विचार गर्नु भएको छ ? जान्नुहोस केही संभावित भयानक कारणहरुयस प्रकार छन ।

१. प्राकृतिक प्रकोप

प्रकृतिमा अचानक आइपर्ने विध्वंसकारी घटनाहरु जस्तै भुकम्प, बाढी, पहिरो, ज्वालामुखी, समुन्द्री आधि, हिमपहिरो, अनाबृस्टी, अतिबृस्टी, आदि । USGS को बिवरण अनुसार भूकम्पले मात्र सन १९०० देखी अहिलेसम्म अठार लाख भन्दा बढी मानिषको ज्यान गई सकेको छ । त्यस्तै बिभिन्न काल समयमा अन्य प्राकृतिक प्रकोपबाट पनि कयौ मानिषहरुको ज्यान गई सकेको छ ।

२. रोगको महामारी

पहिचानमा आएको सर्ने र नसर्ने रोगले मात्रै बर्षेनि करोडौं मानिसको मृत्यु हुने गर्छ, तर पृथ्वीको कुनै भागमा अचानक तत्काल नियन्त्रण गर्न नसकिने खालका जिबाणु देखा परि तिब्र गतिमा त्यस्को संक्रमण फैलिने हुन्छ। उदाहरणको लागि H1N1 भाइरस, इबोला भाइरस आदि पहिलेनै देखा परिसकेको भाइरस  लिन सकिन्छ। स्वाइन फ्लुले मात्रै ५,०००,००० जती मानिषको ज्यान गइसकेको छ । तेस्तै २०१५ मा मात्रै १०,००० भन्दा बढी मानिषको  इबोला भाइरसको आक्रमणबाट ज्यान गएको छ । भविष्यमा यी भन्दा लाखौं गुणाले फैलन सक्ने खतरनाक जिबाणुको अचानक तिब्र संक्रमण फैलिन गई छोटो समयमै कयौं मानिसको ज्यान लिन पनि सक्नेछ ।

३. आणविक परिक्षणको दुर्घटना

बिश्वका शक्तिशाली राष्ट्रहरुमा शक्तिशाली आणविक हतियारहरुको परिक्षण हुने क्रम जारी छ । भविष्यमा कुनै समयमा आणविक परिक्षणको क्रममा कुनै त्रुटीपुर्ण र अनियंत्रित भई दुर्घटना भएमा ताप शक्तिका साथै हानिकार विकिरण र रेडियोधर्मी (Radioactive) तत्वको तत्काल र तीब्र फैलावट हुन सक्छ । त्यसले एकै पटकमा ठुलो संख्यामा जीवको क्षती हुन सक्छ । सन २०११ मा जापानको फुकुसिमा पावरको दुर्घटना हुदा ठुलो आपती आइपरेको थियो । त्यती बेला फैलिएको हानिकारक रेडीयोधर्मी तत्वहरु अझै केहि वर्ष त्यहाँ आसपासको पानी, माटो र बनस्पतीमा सन्चित भइरहने छन ।

४. बिश्व युद्ध

बिश्वमा यसअधि दुई ठुला युद्ध भैसकेको छ, जसमा धेरै मानिसहरुले ज्यान गुमाउनु परेको थियो । ती युद्धहरुमध्ये दोश्रो बिश्व युद्धमा त जापानमा परमाणु बम समेत प्रयोग गरिएको थियो, जसबाट ठुलो क्षति भएको थियो । प्रथम बिश्व युद्धमा १,७०,००,००० (एक करोड सतरी लाख) मनिसहरुको ज्यान गएको थियो भने २,००,००,००० (दुइ करोड) मानिसहरु घाइते भएका थिए । त्यस्तै गरी दोश्रो बिश्व युद्धमा ८,००,००,००० (आठ करोड) मानिसको ज्यान गएको थियो ।

आजको युगमा परमाणु बम भन्दा पनि कयौं गुणा शक्तिशाली अणु बम (हाइड्रोजन बम) को आविष्कार भै सकेको छ । फेरि अर्को बिश्व युद्ध भएमा आत्याधुनिक बन्दुक र मिसायल का साथै अत्यन्तै शक्तिसाली  आणविक हतियार (परमाणु र अणु बम)  को प्रयोग पागलपनको साथ अनियंत्रित रुपमा हुन सक्ने सम्भावना छ । जस्ले गर्दा बिश्वभर छोटो समयमै करोडौं जीवहरुको ज्यान जान सक्नेछ ।

५.  उल्कापात

हामी बेला बेलामा आकाशमा उल्कापात खसेको र बिलाएको देख्छौँ । यी उल्कापिन्डहरु धेरैजसो टाढा भएकाले पृथ्वीमा आइनपुग्दै घर्षण ले गर्दा सकिन पुग्छ । पृथ्वीको इतिहासलाई नियाल्नेहो भने डाइनोसरको अस्थित्व अघि र पछि पृथ्वी मा धेरै उल्कापात खसेको पाइन्छ । उक्त उल्कापातको कारणले धेरै डाइनोसरको क्षति भएको तथ्य बैज्ञानिकहरुले प्रस्तुत गरेका छन् । कतिपय उल्का पिण्डहरुलाई पृथ्वीमा आइनपुग्दै आकाश मै नष्ट गर्न पनि बैज्ञानिकहरु सफल भएका छन् तर यदि भविष्यमा बैज्ञानिकले समेत नष्ट गर्न नसकिने बिशाल उल्कापात भएमा  ठुलो क्षती हुन सक्छ ।

६. हरितगृह प्रभावको चरम अवस्था

हरितगृह प्रभावको कारण बिश्वब्यापी रुपमा तापक्रम क्रमिक रुपमा वृद्धि हुँदै गइरहेको छ। यदि यो क्रम बढिरहेमा गर्मीको मौसममा मानिसको शरीरको औसत तापक्रम (३६.५०C) भन्दा बढी तापक्रम लामो समयसम्म कायम रहेमा यो तापक्रममा मस्तिष्क अत्यन्तै निष्क्रिय हुन गई विशेषगरी शुरुमा गरिव मुलुकका मानिसको धेरै संख्यामा मृत्यु हुन सक्छ । त्यसैगरि उच्च तापक्रममा सक्रिय हुने सूक्ष्म जीव (Thermophilic Microorganism) को प्रकोप पनि बढन गई ठुलो संख्यामा मानवीय बिनाश  हुनसक्नेछ ।

७. मानव यन्त्र

प्रबिधिको क्रमिक बिकासको क्रममा ठुलो संख्यामा  अत्यन्तै शक्तिशाली यन्त्रमानव (Robot) को बिकास हुनसक्छ । यदि यन्त्र मानवहरु नियन्त्रण बहिर गएमा त्यस वाट पनि मानवीय क्षती हुन सक्नेछ ।

. अन्य ग्रहका जीवको आक्रमण

कल्पनै गर्न नसकिने आकारको यो ठुलो ब्रह्माण्ड को निकैनै सानो अ्ंसमा हामी छौँ । सुर्य बाहेक यो ब्रह्माण्डमा नगन्य संख्यामा अन्य तारा हरु पनि छन् । ती ताराहरुको वरिपरि कयौं ग्रहहरु घुमिरहेका छ्न र त्यहा पनि पृथ्वीको भन्दा कयौं गुना बिकसित र शक्तिशाली अनौठो खालको जीवको अस्थित्व रहेको हुन सक्ने अनुमान आइन्टाइन पछीकै प्रभावशाली बैज्ञानिक इस्टेफेन हकिङ्स (Stephen Hawking) ले पनि गरेका छन् । तीमध्ये अत्यन्तै हिस्रक र शक्तिशाली जीवले पृथ्वीको पता लगाइ अचानक् हमला गरेमा र मानिसले प्रतिरक्षा गर्न अशक्षम रहेमा ठुलो संख्यामा मानवको क्षति हुनेछ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् । 

यो पनि पढ्नुहोस् 

संसारको अन्त्य वारेमा स्टेफन हकिङग्सको जवाफ

स्टेफन हकिङ्गले गरे भविष्यवाणी, ‘यो चक्कीले मानव इतिहास परिवर्तन गर्छ’

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!