लेखहरुविज्ञान

सौर्यमण्डलमा भएका ग्रहहरुको बारेमा चर्चा गर्नुहोस् ?

Gopal Bhandari
गोपाल भण्डारी

(१) बुध (Mercury)

सौर्यमण्डलको सबभन्दा सानो ग्रह बुध सूर्यको सबैभन्दा नजीकको ग्रह हो । यसको बाहिरी सतह ज्वालामुखी पहाडहरुले ढाकिएको छ । यसको सतह फलामवाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ । यद्यपी, यसको चुम्वकीय क्षेत्र एकदम कम्जोर छ । यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ । बुध सूर्यबाट ५,७९,०९,१०० किलोमीटर टाढा रहेको छ । यसको व्यास करिव ४,८८० किलोमीटर रहेको छ । यसको वायुमण्डल र उपग्रह छैन । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न  ५८। ५ दिन लाग्छ भने सुर्यलाई परिक्रमा गर्न ८८ दिन लाग्छ । यसको सतहमा तापक्रम -१७३ डिग्री सेन्ट्रीग्रेडदेखि -४२७ डिग्री सेन्ट्रीग्रेडसम्म रहेको छ । यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्ममा पखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।

(२) शुक्र

सौर्यमण्डलको छैठौँ ठूलो ग्रह शुक्र पृथ्वीको जुम्ल्याहा ग्रह हो । शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । यसको वायुमण्डल कार्वनडाईअक्साइड र बिषालू सल्फ्युरिक एसिडले बनेको हुन्छ । यो सुर्यबाट करिव १० करोड ८२ लाख ८ हजार ९ सय किलोमिटरटाढा रहेको छ । यसको औसत व्यास १२१०२ किलोमीटर  छ । यो ग्रहको वायुमण्डल अक्सिजन, कार्वनडाइअक्साइड, पानीको बाफ मिली बनेको छ । यसलाई आफ्नो अक्ष परिक्रमा गर्न २४३ दिन लाग्छ भने सूर्यलाई परिक्रमा गर्न करिव २२५दिन लाग्छ । यसको सतहको औसत तापक्रम ४०० डिग्री सेन्ट्रीग्रेड छ । यसको उपग्रह छैन । सूर्यबाट नजीक भएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् रोमन माया र सुन्दरताकी देवी विनसको नामबाट राखिएको हो ।

शुक्रग्रह पृथ्वीको आकाशबाट प्राय: जसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केही क्षणपछि राम्रोसँग देखिन्छ । यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तुमध्ये सूर्य र चन्द्रमा पछिको सबैभन्दा चम्किलो वस्तु हो । यसलाई कहिलेकाहिं प्रात तारा (Evening Star) पनि भनिन्छ किनभनें यो ग्रह प्रायजसो यिनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तबसम्म यो ग्रह तारा जस्तै देखिन्छ । साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिनेछ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।

(३)  पृथ्वी (Earth)

सौर्यमण्डलको तेस्रो ग्रह पृथ्वीलाई विश्व पनि भनिन्छ । यो सौर्यमण्डलका ग्रहहरूमध्ये मानव जीवनको अस्तित्व पाईने एक मात्र ग्रह हो । सौर्यमण्डलको पाँचौ ठूलो ग्रह पथ्वी सूर्यबाट करिव १४,९५,९७,९०० किलोमिटर टाढा रहेको छ । यसको औषत व्यास १२,७३५किलोमिटर धुर्बीय व्यास १२,७१३किलोमिटर र भूमध्येरेखीय व्यास १२,७५६ किलोमिटर छ । यसको एउटा मात्र उपग्रह चन्द्रमा छ । यो ग्रहको वायुमण्डल अक्सीजन, कार्वनडाइअक्साइड, हिलीयम, पानीको वाफ, हाइड्रोजन, ओजोन, नाइट्रोजन, एमोनिया आदिबाट बनेको छ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न २३ घण्टा ५६ मिनेट ४। ०९  सेकेण्ड लाग्छ भने सूर्यलाई परिक्रमा गर्न ३६५ दिन ५ घण्टा ४८ मिनेट लाग्छ । यसको औषत तापक्रम १५डिग्री सेन्ट्रीग्रेड रहेको छ । ल्याटिन भाषामा यसलाई Terra Master अर्थात् मानव समुदायकी भूमिदाता भनिन्छ ।

(४) मङ्गल (Mars)

सौर्यमण्डलको चौथो ग्रह मंगल ग्रहको सतहमा आइरन अक्साइड मिश्रीत रातो माटो भएकोले यसलाई रातो ग्रह पनि भनिन्छ । रातो रंग युरोपेलीहरुले यसलाई रोमाली युद्धदेवको नाम मार्स दिए । फोबस र डाइमस मंगल ग्रहका दुईवटा उपग्रहहरु हुन्  । यो सूर्यदेखि करिब२२,७९,४०,५००किलोमिटर टाढा रहेको छ ।  मङ्गलग्रहको वायुमण्डलमा अक्सिजन, पानी वाफ, कार्बनडाइअक्साइडको बाक्लो पत्र छ । यसको व्यास करिब ६,७९४ किलोमिटर छ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न २४ घण्टा २७ मिनेट २३ सेकेण्ड लाग्छ भने सूर्यको परिक्रमा गर्न ६८७ दिन लाग्छ । सुर्य वाट टाढा भएकोले यसको तापक्रम पृथ्वी भन्दा अलि कम छ । मङ्गल ग्रहको रङ रातो भएकोले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ ।

(५) बृहस्पति (Jupiter)

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति सूर्यदेखि करिब ७७,८३,३३,०० किलोमिटरटाढा रहेको छ । यसको औसत व्यास १,४२,८८० किलोमिटर छ । ग्याँसबाट मात्रै बनेकोले यसलाई ग्याँस पिण्ड भनिन्छ । यसको वायुमण्डल हाइड्रोजन, हिलियम, मिथेन, एमोनियाले बनेको छ । यसको १६ वटा उपग्रहहरु छन् । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न ९ घण्टा ५० मिनेट ३० सेकेण्ड लाग्छ भने सूर्यको परिक्रमा गर्न ११। ९ वर्ष लगाउँछ । यसको सतहको औसत तापक्रम १३८ डिग्री सेन्ट्रीग्रेड  रहेको छ । क्षेत्रफलको आधारमा सबभन्दा ठूलो र वजनमा अन्य ८ वटा ग्रहहरुको एकमुष्ट वजनभन्दा पनि बढी वजनदार भएकोले यसलाई ग्रहहरुको राजा (King of the Planet ) भनिन्छ ।

(६) शनि (Saturn)

सौर्यमण्डलको दोस्रो ठूलो ग्रह शनि सबभन्दा पहिले ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् । यो पृथ्वीभन्दा ९५ गुणाले ठूलो छ । शनि ग्रह सूर्यदेखि १४,२६,९७,८०० किलोमिटर टाढा छ । यसको औसत व्यास १,२०,३०० किलोमिटर रहेको छ । यसको वायुमण्डलमा एमोनिया, मिथेन मिलेर बनेको छ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न १० घण्टा १४ मिनेट लाग्छ भने सूर्यको परिक्रमा गर्न २९। ५वर्ष लाग्दछ । यसको सतहको औसत तापक्रम -१५३ डिग्री सेन्ट्रीग्रेड रहेको छ । यसका ३३ उपग्रहहरु छन् । यो ग्रहमा हिउँमा साना टुक्रा वा विशाल पहाड जस्ता हिउँका टुक्राबाट ७ वटा रिंग बनेको छ । शनि ज्योतिषशास्त्र अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।

(७) अरुण (Uranus)

सौर्यमण्डलको तेश्रो ठूलो ग्रह अरुण सबभन्दा पहिले सर विलियम हर्सेलले पत्ता लगाएका हुन् । यो सूर्यदेखि करिब २,८७,०९,९१,००० किलोमिटरटाढा रहेको छ । यसको औसत व्यास ५१,४०० किलोमिटरछ । यसको वायुमण्डल मिथेनले बनेको छ । यसका २७ उपग्रहहरु छन् । यसले आफ्नो अक्षको परिक्रमा गर्न ११ घण्टा लगाउँछ भने सूर्यको परिक्रमा गर्न ८४ वर्ष लगाउँछ । यसको सतहको औसत तापक्रम -१८४ डिग्री सेन्ट्रीग्रेड रहेको छ । यसमा पनि काला चट्टानहरुबाट बनेका काला कलय वा चक्र (Black Rings) छन् । यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ ।

(८) बरुण (Neptune)

सौर्यमण्डलको चौथो ठूलो ग्रह वरुण सूर्यबाट करिब ४,४९,७०,७०,०००किलोमिटर टाढा रहेको छ । यसको औसत व्यास ४८,६००किलोमिटर छ । यसको वायुमण्डल मिथेन, एमोनियाबाट बनेको छ । यसका २ वटा उपग्रहहरु छन् । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न १६ घण्टा लाग्छ भने सूर्यको परिक्रमा गर्न १६४.८ वर्ष लाग्दछ । यसको सतहको औसत तापक्रम करिब -१७९ डिग्री सेन्ट्रीग्रेड छ । यसका २ वटा उपग्रहहरुमध्ये एउटाले १ वर्षमा र अर्कोले ६ दिनमा विपरित दिशाबाट यसको परिक्रमा गर्दछ । अङ्ग्रेजीमा यसलाई Neptune भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए । उनी समुद्रको देवता थिए । उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता  पोसाइडनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो । यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन।यो ग्रहलाई पृथ्वीबाट दूरदर्शक यन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ ।

* यम (Pluto)

सौर्यमण्डलको सबभन्दा सानो ग्रह सूर्यबाट करिब ५,९१,३५,१०,००० किलोमिटरटाढा रहेको छ । यसको औसत व्यास २,२८८ किलोमिटरछ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न ६ दिन ९ घण्टा१८ मिनेट लाग्छ भने सूर्यको परिक्रमा गर्न २४८ वर्ष लाग्दछ । एउटा मात्र उपग्रह भएको यमको सतहको औसत तापक्रम – २१२ डिग्री सेन्ट्रीग्रेड रहेको छ ।

यमलाई ग्रह भनिन थालेको करिब १०० वर्ष भईसकेतापनि सन २००६मा खगोलशास्त्रीहरूले यसको सानो आकारका कारण यसलाई ग्रहबाट झारी फुच्चेग्रह वा सानोग्रहको दर्जा दिए । यसो गर्नाको अर्को कारण यसको कक्ष हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ । हाल यम, सेरेस र एरिस समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!