ज्योतिषशास्त्र

यी ९ संकेतहरु भएमा तपाईलाई शनि दोषको प्रभाव परेको छ

ज्योतिषशास्त्र अनुसार शनि  अशुभ ग्रह वा दु:खको कारण मानिन्छ । पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । यस्ता संकेतहरुबाट पत्ता लगाउन सकिन्छ तपाईलाई शनिको प्रभाव परेको छ भनेर ।

१. तपाइको जुत्ता चप्पल बारम्बार चुडीरहन्छ र हराउछ भने तपाईलाई शनिको प्रभाव परेको हुन्छ ।

२. यदि जोवानीमा नै तपाईको कपाल फुल्ने र झर्ने हुन थाल्यो भने बुझ्नुस तपाईलाई शनिको नराम्रो प्रभाव परेको छ। साथै जोर्नीहरु दुख्न थालेमा पनि शनिको प्रभाव परेको हुन्छ।

३. यदि कोहि व्यक्तिको कुण्डलीमा शनि दोष परेको छ भने बिबाह भएको केहि समयमा नै ससुराल पक्षमा नराम्रो घटना घट्ने गर्छ ।

४. यदि तपाईको कुण्डलीमा शनि दोष परेको छ भने उक्त व्यक्ति कुसंगतमा लाग्ने गर्छ जाँड-रक्सी  खानेतर्फ मन धकेलिने गर्छ ।

५. शनि दोष परेको व्यक्ति एकदम अल्छी हुने गर्छन र जीवनमा कहिले सफलता हासिल गर्न सक्दैनन् ।

६. यदि तपाईलाई गर्दै नगरेको कामको आरोप लाग्ने बिना गल्ति सजाय भोग्नु पर्यो भने बुझ्नुहोस् तपाईलाई शनि दोष लागेको छ।

७. जति पढे पनि पढाईमा मन जादैन सिक्न नै सक्दैन भने शनि देवको प्रभाव परेको हुन्छ ।

८. जति बचत गरेपनि तपाईको धन जोगिदैन नास मात्र हुनु ।

९. यदि कोहि व्यक्ति सधै निराश र थकित देख्नु हुन्छ भने बुझ्नुहोस् शनिको अशुभ संकेत हो ।

*समस्त पाठकबर्गमा सनातन हिन्दु धर्ममा रहेको मान्यता प्रस्तुत गरेका हौ ।

यो पनि पढ्नुहोस् 

शनिबार यी चीजहरु नखाँदा राम्रो

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!