धर्म-सस्कृति

ॐ० शब्द उच्चारण गरी प्राणायाम गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु

ॐ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारण विना कुनै पनि धार्मिक कार्य पूरा हुदैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिदैन ।

मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।  ॐ० यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो ।

आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ । त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ । यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।

परिस्थिति अनुसार कम्तीमा ५ मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ । यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ ।

यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ । शरीरमा स्फूर्ति बढाउने  काम गर्छ । उच्च रक्तचापका भएका  बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा एकदम आराम मिल्ने काम गर्छ  ।

यो पनि पढ्नुहोस् 

ॐ० उच्चारणले कुन-कुन रोगहरु निको हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!