धर्म-सस्कृति

पिपल बोटको रहस्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिपल बोटको रहस्य । पीपलको बोट हाम्रो देशमा प्राय: मठमन्दिर नजीक देख्न सकिन्छ । आज मैले एउटा रहस्य खोल्न लागेको छु । पीपल फल्छ तर फल किन उम्रदैन भएनत रहस्यको कुरा यस बारेमा धेरैलाई थाहा नहुन सक्छ । पीपलको बोट प्राय: घरको भित्तामा वा पर्खालमा बढि उम्रेको देख्नु भएको छ तर पीपल बोटमुनि प्राय: अर्को पीपल उम्रेको कसैले देख्नु भएको भए हजुर भाग्यमानी समुहभित्र पर्नुहुन्छ ।

पीपलको बोटमुनि यदि कसैले बिरूवा उम्रेको देखेमा राम्रो दिन हेराएर उखालेर धान चामलको धनसारमा राखि दिनु भाडो कहिलै खाली हुदैन भनेको छ । पीपलबारे यस्ता अनेकौं चमत्कार फाइदाहरू छन् । गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन।

श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ । शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ।

वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलबाट सधैं अक्सिजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधिको रुपमा दुबोको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!