टिप्स

शनिवार सिध्याउनुहोस् यी सफाइका कामहरु

शनिवार सिध्याउनुहोस् यी सफाइका कामहरु । हप्ताभरको नियमित कामबाट फुर्सद, साथीभाई तथा आफन्तजनसँग भेटघाट, घुमफिर र रमाइलो गर्ने दिन भएकाले शनिवार सबैका लागि विशेष हुने गर्छ । शनिवार सबैले आ–आफ्नै तरीकाले मनाउँछन् । तर, नियमित कामबाट विश्राम हुने भए पनि यो हप्ताभरका लागि सरसफाइ गर्ने दिनसमेत हो । यो दिन सबैजसोले नुहाउने, लुगा धुने, श्रृङ्गार तथा सजावटका काम गर्छन् । शनिवार पार्लरमा गरिने सबै काम गर्न सकिन्छ । कपालमा रङ लगाउने, फेशियल, मसाज लगायत कार्य यो दिन गर्न सकिन्छ । यसबाहेक शनिवार घरका निम्न कामहरु सिध्याउन सकिन्छ ।

फ्रिजको सफाइ

शनिवार फ्रिजलाई पूरै सफा गर्नुहोस् । यसभित्रको फ्रिजरका साथै सामान राख्ने ठाँउ पनि राम्ररी सफा गर्नुहोस् । कम्तीमा हप्ताको एकपटक फ्रिजको सफाइ गर्नाले खानेकुरा ताजा र स्वच्छ राख्न मद्दत पुग्छ । फ्रिज सधैं सफा राख्नाले त्यसमा राखिएका खाद्यवस्तुमा जीवाणुहरूको सङ्क्रमण हुन पनि पाउँदैन ।

ट्वाइलेट सीटको सफाइ

ट्वाइलेट सीट प्रत्येक शनिवार सफा गर्नुपर्छ । यसलाई समयमै सफा नगर्नाले सङ्क्रमण फैलने डर हुन्छ । राम्रो सफा गर्ने लिक्विड राखेर यसको सरसफाइ गर्नुपर्छ । यस्तो गर्नाले तपाईंलाई पनि फ्रेश हुन जान सजिलो हुन्छ ।

पढ्ने टेबलको सफाइ

पढने टेबलमा धेरै फोहोर जम्मा भइरहेको हुन सक्छ । अनावश्यक कागज र अन्य सामग्री टेबलबाट हटाइदिनुपर्छ । चाहिने सामान मात्र यसमा राख्नुहोस् । यसलाई भिजेको कपडाले पुछेर सफा गर्न सकिन्छ । सफा टेबलमा पढ्ने÷लेख्ने जाँगर तथा उत्साह पनि बढ्छ ।

कपडा राख्ने दराजको सफाइ

कपडा राख्ने दराज पनि शनिवारका दिन सफा गर्न सकिन्छ । यसो गर्दा अन्य बेफुर्सदिला दिनमा हुने झन्झटबाट पनि छुटकारा मिल्छ । हरेक प्रकारका कपडा अलगअलग राख्दा सामान्य दिनमा कपडा खोज्न झन्झट हुँदैन ।

माइक्रोओभनको सफाइ

एउटा कचौरामा भिनेगार र पानी मिसाएर माइक्रोवेबमा राखिदिनुहोस । त्यसपछि माइक्रोवेबलाई बेसरी तात्न दिनुपर्छ । त्यसपछि यसलाई खोल्दा भित्र बाफ भरिएको हुन्छ । यसपछि माइक्रोवेबलाई भित्र तथा बाहिर राम्रोसँग पुछ्नुपर्छ । यसबाट पूरै सफा हुनुका साथै यो गन्हाउन पनि छाड्छ ।

किताब राख्ने दराजको सफाइ

शनिवार किताब राख्ने दराजमा किताबहरू राम्ररी मिलाएर राख्नुहोस् । नचाहिने किताब निकालेर कसैलाई दिन वा अन्यत्र राख्न सकिन्छ । साथै, प्रयोगमा नआउने पेपर तथा कपीहरू अलग गरेर बेच्न पनि सक्नुहुन्छ । यसो गर्नाले अर्कोपटक किताब पढ्दा खोजिरहनु पर्दैन ।

पङ्खाको सफाइ

घरमा जडान गरिएका पङ्खामा पनि फोहोर जम्मा भएको हुन्छ । बेलाबेलामा यसलाई सफा गर्दा फोहोरबाट छुटकारा मिल्छ । त्यसैले, सबैजना मिलेर यसलाई सफा गर्न सकिन्छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् 

शनिबार यी चीजहरु नखाँदा राम्रो

यी ९ संकेतहरु भएमा तपाईलाई शनि दोषको प्रभाव परेको छ

होशियार ! शनिवार यी ५ चीजहरु किन्दै नकिन्नुहोस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!