स्वास्थ्य

औषधिको रुपमा बर्रोको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बर्रो हाम्रै जंगलमा प्राय: यदाकदा हुन्छ तर यो पनि अहिले लोपोन्मुख हुन थालेको छ । प्राकृतिक सम्पदामा ध्यान दिन नसक्नाले आज थुप्रै फाइदाबाट हामी बन्चित हुदैछौं । सरकाले यसतर्फ ध्यान दिन सके ठूलो आर्थिक भित्रने देखिन्छ तर यसतर्फ ध्यान नदिनाले घाटाको सामना गर्नु परेको छ ।

बर्रोको सेवनले विभिन्‍न रोग निको पार्न औषधिका रूपमा बर्रो प्रयोग गरिन्छ । अमला, हर्रो र बर्रोको धुलो समभाग मिसाएर बनाएको लाई त्रिफला भन्दछन् । त्रिफलालाई दूधसँग सेवन गर्नाले नेत्रज्वती बढ्ने, कब्जियत हटाउन र कायाकल्पको रूपमा काम गर्दछ। यसको तान्त्रिक प्रयोग पुष्य नक्षत्रमा जरा र पात ल्याएर पैसा राख्ने भाडामा, तिजोरीमा,धान चामल राख्ने भाडामा राख्नाले सह तान्ने हुन्छ । यसको प्रभावले दरिद्रता रहदैन ।

अन्य रोगमा यसको प्रयोग यस्तो छ

१. बर्रोको दाना निकालेको बोक्रा चुस्दा खोकी तथा कफको समस्या ठीक हुन्छ ।

२. बर्रोको फलको चुर्ण र अश्वगन्धा चुर्ण बराबर मिसाएर एक चम्चा महसँग तातोपानीका साथ खाँदा मुटुरोगीलाई फाइदा हुन्छ ।

३. खाना खाएपछि आधादेखि १ चम्चा बर्रोको चुर्ण खाँदा खाना राम्रोसँग पच्छ ।

४. आधा चम्चा बर्रोको चुर्णमा १ चम्चाजति गुड (सख्खर) मिसाएर खाँदा नपुङ्सकतामा फाइदा हुन्छ र अन्य यौनजन्य समस्यामा पनि लाभ प्राप्त गर्न सकिन्छ ।

५. बर्राे आँखा, केश, हृदय, पाचन प्रणाली आदि धेरै अंगको उपचारमा उपयोगी हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधिको रुपमा दुबोको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!