हेल्थ टिप्स

भिटामिन बी १२ को कमिले देखिने समस्याहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो शरीरलाई चाहिने भिटामिनमध्ये भिटामिन बी १२ पनि एक हो । शरीरलाई स्वस्थ राख्न यो भिटामिनको महत्वपूर्ण योगदान रहेको छ भने अर्को पर्याप्त मात्रामा भिटामिन मिनरल्स, प्रोटीन्स, कार्बोहाइड्रेट्स र फाइबर शरीरको विकासको लागि आवश्यक छ । यी सवै भिटामिन भन्दा यो भिटामिन शरीर स्वस्थ राख्न महत्वपूर्ण देखिएको छ । यदि हाम्रो शरीरमा यो भिटामिनको कमि भएमा अनेक थरीका रोगहरु लाग्ने सम्भावना बढ्न सक्छ ।

मानिसलाई प्राय: यो भिटामिनको कमि भएको थाहा हुदैन । त्यसैले समय-समयमा आफुलाई कुन भिटामिनको आवश्यक छ भनेर चेकअप गरेको हुनुपर्छ ।
यो भिटामिनको कमि भएमा देखिने लक्षणबारे जान्न सके समयमा उपचार गर्न सहज हुने देखिन्छ । भिटामिन वी १२ लाई कोबलामिन पनि भन्दछन् । यो यस्तो भिटामिन हो जसको मद्धतले शरीर स्वस्थ राख्न ठुलो भूमिका रहेको हुन्छ । आउनुस यो भिटामिनको अभावमा के कस्तो प्रकारको लक्षण देखिन सक्छ हेरौं ।

यो पनि पढ्नुहोस्

मानिसलाई भिटामिन किन आवश्यक छ ?

भिटामिन डी र यसको महत्व

माहामारी बन्दैछ, भिटामिन डी को कमी

भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

भिटामिन बी १२ को कमिले देखिने समस्याहरु

१. थकाई लाग्नु कमजोर महसुस हुनु

२. आलस्य लाग्नु केहि गर्न मन नलाग्नु

३. खाना राम्ररी नपच्नु

४. रगतको कमी

५. टाउको दुख्नु

६. कान कराउनु बज्नु

७. मुटुको धड्कन बढ्ने

८. मुखमा घाउ हुने

९. भुल्ने बानी हुने

१०. आँखा कमजोर हुदै जाने

११. अनियमित मासिक स्राव हुने

Like & Follow us on Facebook

शरीरमा यो भिटामिनको कमी कसरी पत्ता लगाउने ?

१. यो जाँच गर्दा शरीरमा रेडब्लड भए नभएको थाहा हुनुको साथै भिटामिन वी १२ भए नभएको पत्ता लाग्न सक्छ ।

२. Antibody Test

यो टेस्टमा Intrinsic Factor को Antibodies टेस्ट गरिन्छ, जसको कारण Pernicious Anaemia को निदान गर्ने काम गर्दछ ।

३. Bone Marrow Biopsy द्वारा यो भिटामिनको जाँच गरिन्छ ।

४. Schilling Test

यो जाँचमा Radio-active Vitamins B12 प्रवेश गराएर Intrinsic Factor को जाँच गरिन्छ ।

उपचार

यो भिटामिनको आवश्याकता हेरेर भिटामिन वी १२ को इन्जेक्शन दिनुपर्ने हुन्छ । यो भिटामिन हरेक मेडिकलमा उपलब्ध छ । डाक्टरको परामर्शमा उपचार गराउदा राम्रो फाइदा हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!