राष्ट्रिय समाचारसमाचार

टोलटोलमा पोल

२० पुस, झापा । झापा गाउँपालिकाले ‘जहाँ टोल त्यहाँ पोल’ भन्ने नारासहित गाउँपालिका भित्रका सबै वडामा बिजुलीको पोल गाड्न थालेको छ । उक्त गाउँपालिकाले रु ५५ लाखमा १ हजार थान पोल खरिद गरेर टोलैपिच्छे बिजुलीको पोल गाड्न शुरु गरेको हो । विशेष गरेर वडा नं १, ७ का अधिकांश बासिन्दा अहिले पनि बिजुली बत्तीको अभावमा कुपी र सोलर बत्तीमा निर्भर छन् ।

गाउँपालिकाले बिजुली नपुगेका स्थानमा समेत बिजुली पुयाउने लक्ष्यसहित पोल गाड्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष राजकुमार यादवले बताउनुभयो । उहाँले तीन महीनाभित्रमा गाउँपालिकालाई झलमल्ल बनाउने जानकारी दिँदै भन्नुभयो, “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतमा राखेर गरेको काम नै बिजुली बत्ती हो । तीन महीनाभित्रमा सबैको घरमा बत्ती बल्छ ।” उहाँले टोलटोलमा लगाएका बाँस र काठका अस्थायी पोलसमेत फालेर सिमेन्टका पोल गाडेको बताउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!