विज्ञान

भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरू

भूकम्प पृथ्वीमा लगातार गई रहने नियमित प्रक्रिया वा प्राकृतिक विपत्ति हो । पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भूकम्प भनिन्छ । ठुलो भूकम्प आएपछि पनि पटक पटक स-साना धक्काहरु आउने गर्छन । भूकम्प आएपछि सुरक्षित रहन अपनाउनुपर्ने सुरक्षाका उपायहरू निम्न अनुसार छन् ।

१. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस् । उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउ जस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र आफ्नो परिचय पत्रको फोटोकपीहरु पनि राख्नु होस् ।

२. आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस् ।

३. भूकम्प गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरु आदान-प्रदान गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

भूकम्प कसरी जान्छ ?

४. चर्किएका तथा भत्किएका घर एवम् अन्य संरचना भित्र नबस्नुहोस् किनभने भूकम्पका पराकम्पनले यस्ता संरचनाहरु भत्काउन सक्छन् र जनधनको थप क्षति हुनसक्छ।

५. भूकम्पको समयमा खस्ने वस्तुहरु मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन् । यस्ता वस्तुहरुलाई खस्न नदिनका लागि घर परिवारहरुले साधारण उपायहरु गर्न सक्दछन् । यस्ता वस्तुहरुमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन् ।

६. भूकम्पको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो । यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।

७. जब भूकम्प रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरु उत्पन्न हुन्छन् । यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरु खस्नु, बाढी आदि पर्दछन् । मानिसहरुले यस्ता जोखिमहरु छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ ।

८. भूकम्प आएको बेला शान्त रहनु महत्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नका लागि चिच्याउनु हुँदैन।

Like & Follow us on Facebook

९. प्राकृतिक रुपमा भूकम्प जानुबाट आफैमा धनजनको क्षति हुँदैन । तर खराब भवन, संरचना इतर उपायहरुको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरु संकटका कारण हुन् । त्यसतर्फ सचेत रहनुपर्दछ।

स्रोत : नेपाल जोखिम न्यूनीकरण संजाल संचार समूह

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!