मुख्य समाचारसमाचार

१२ मिनेटको फरकमा दुईवटा भूकम्पको धक्का

११ बैशाख, काठमाडौं । बुधबार बिहान काठमाडौं र यसका आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ । धार्दिंगको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टर स्केलको तथा त्यसको १२ मिनेटपछि ६ बजेर ४० मिनेट जाँदा ४.३ रेक्टर स्केलको दुईवटा भूकम्पको धक्का महशुस गरिएका हुन् ।

यो पनि पढ्नुहोस्  

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

भूकम्पको धक्काले गर्दा सर्वसाधारणहरु खुल्ला ठाउँमा निस्किएका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यका सहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पनि महसुस भएको छ । २०७२ बैशाख १२ गते गएकाे विनाशकारी भूकम्पकाे ४ वर्ष पुग्न एकदिन अगाडी भूकम्प गएकाे हाे । आजकाे भूकम्प साेही भूकम्पकाे पराकम्पन हुनसक्ने बताइएकाे छ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!