मुख्य समाचारसमाचार

भारतमा गयो ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

११ बैशाख, काठमाडौं । छिमेकी देश भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिण पश्चिममा रहेको थियो ।

Like & Follow us on Facebook

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको धक्का तिब्बतसम्म महसुस भएतापनि नेपालमा राती मानिसहरु सुतिरहेको भएर नेपालमा महसुस गर्न नसकेको हुनुपर्छ । भूकम्पले पुर्याएको पुरा क्षतिबारे विवरण भने आउन बाँकी छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!