सौन्दर्यहेल्थ टिप्स

अनुहारको कालो पोतोे हटाउने उपाय

छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छालाको रंग चम्किलो खालको हुन्छ । स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी  चिन्न सकिन्छ । महिलामा छालाको विषेश महत्व हुन्छ । छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ । छालाको स्वस्थताले नै सुन्दरताको  विशेषता झल्काउँछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ ।

छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बारेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ । स्वस्थ छालाले मानिसलाई सफलतामा पुयाउँछ । सुन्दरता नचाहने कोही पनि हुँदैंन । छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यकता हुन्छ । मनको सुन्दरताले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ ।

सामान्य छालाको कोषलाई मलाइनोसाइटिस भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई  रंग प्रदान गर्दछन् । छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ। मेलानिन बढी भएमा कालो देखिन्छ । थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।

खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ । घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ । यस्तो अवस्थामा बढी गर्मीबाट बच्ने तथा सनस्क्रीन क्रिमको प्रयोग गर्नुपर्दछ । प्रशस्त मात्रामा पानी पिउने, धेरैपटक मुख धुने गर्दा छाला बिग्रन पाउँदैन ।

 कालोपोतो उपचार पछि कतिपयलाई आइरहने भएकाले उच्च किसिमको उपचार तथा सल्लाह आवश्यक पर्दछ । उपचारका क्रममा विभिन्न किसिमका छाला चम्काउने वा कालो भएका भागलाई छोप्ने क्रिम पाइन्छन् । कालोपोतो फाल्ने भनेर बनाएका औषधि पनि पाइन्छन् । यस्ता औषधि लगाउँदा २१ दिन अर्थात् तीन हप्ताभन्दा बढी नियमित नलगाउने यसपछि त्यसको फाइदा तथा बेफाइदा हेरेर सल्लाह अनुसार अगाडि बढ्नुपर्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!