स्वास्थ्य

अनुहारमा कालो पोतोे हुने कारण

छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । सामान्य छालाको कोषलाई मलाइनोसाइटिस भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई  रंग प्रदान गर्दछन् । छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ  । मेलानिन बढी भएमा कालो देखिन्छ । थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको अथवा  कालो पोतोे आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।

कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ यस्तो अवस्थामा समयमा उपचार गराउनुपर्छ

) आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ वा अन्य कुनै औषधिले पनि कालोपोतो निकालिदिन सक्छ

 ) इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मोनल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन् समयमा उपचार नभएमा छालाका कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ

 ) खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!