राष्ट्रिय समाचार

समाजवादी जनता पार्टीको चुनावी प्रचार-प्रसार तीब्र

काठमाडौं, २८ वैशाख । विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीब्रता दिएको छ ।

 

 

 

 

 

सो पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट महिला सदस्य पदमा नलिनीदेवी सिंहलाई उम्मेदवार बनाएको छ । महिला सदस्य उम्मेदवार सिंहले २२ नम्वर वडामा घरदैलो कार्यक्रम गरेर आफ्नो पक्षमा मतदान गर्न अपील गर्नु भएको छ ।  समाजवादी जनता पार्टीको चुनाव चिन्ह अर्धाकार चन्द्रमा  हो ।

समाजवादी जनता पार्टीको स्थानीय तह निर्वाचनको मूल प्रतिबद्धताको यस्तो  छ :

  • स्मार्ट भिलेज, स्मार्ट सिटी –प्रत्येक घर नारायणहिटी ।।
  • अब देशको निकास । अनुसन्धान र विकास ।।
  • विज्ञान, प्रविधि र आविष्कार ।।    

     विकास, समृद्धि र सुशासनको आधार ।।

  • विद्यालयमा विज्ञान प्रयोगशाला, गाउँ–गाउँमा सूचना केन्द्र ।।

      ठाउँ–ठाउँमा विज्ञान पार्क, विद्यालयमा डिजिटल कक्ष ।।

      विज्ञान र प्रविधिको विकास – हाम्रो लक्ष्य ।।

  • सबैका लागि पानी, सरसफाइको बानी ।

    सबै मिलि पूरा गरौं आ–आफनो कर्तव्य ठानी ।।

    स्वस्थ र सभ्य समाज– हाम्रो अभिभारा ।।

   एक घर, एक शौचालय– एक घर, एक धारा ।।

     

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!