साहित्य-कला

बेलैमा सचेतना पलाओस हरेक नेपालीमा

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

बेलैमा सचेतना पलाओस हरेक नेपालीमा

(तव पछताए क्या जव चिडिया चुगगई खेत )

ॐॐॐॐ शा ॐ न्ति ॐॐॐॐ

 

 

 

 

कुनै भाव मिठो यो मनमा म त अव जगाऔँ

असलसाथ यो जीवनमा तिमीलाई नै पाऔँ

कतै देशका पाउमा म यो शिर नै चढाउँकी

कतै कर्मको सारा भाव नै पो यहाँ ओढाउँकी !!१!!

 

मुटुमा छ प्यारो देश यो सलल यसै नै बगेको

पुर्खाको नासो हो कला अनि संस्कृति बसेको

कति कर्म हाँसेर रोप्ने शहिदको प्यारो देशमा

हाँसेर फाँसी हाम्रा लागि गलामा भिर्ने यो देशमा !!२!!

 

खै हामीले अग्रजको मान यहाँ नि राख्न सक्यौँ

खै त यस्तो अपूर्व देशको अखण्डता नै जोगायौँ

कस्तो दम्भ आयो मनमा यो देशलाई नै टुक्रा पार्ने

खसी काटे झैँ गरि पो मासुको भाग लगाउने हामी ?३?

 

यो त मुटु जस्तो देश हो जतन गर्नु हामीले मिली पर्ने

यो टुक्र्याँदा जीवन हाम्रो रहँदैन बाँकी पनि त कदापि

भाइबाट भाइ, अनि दिदी, बहिनी छुट्टिएर यहाँ जाँदा

ति आमाको अस्तित्व नै रहला पो त कसरी बाँकी !!४!!

 

कस्की आमा भन्लिन र तिनले आफ्नै यी सन्तानलाई

कस्तो काँतर कथा सुनाउलिन आउने हर सन्तानलाई

बहादुरी अनि बीरताको कथा यो देशमा कहाँ भेटिएला

बलभद्र, भीमशेन र अरु बीरको अस्तित्व कति रोला ?५?

 

यो हाम्रो देशको गौरव सँधै नै यहाँ तव मात्र पो त हुन्छ

जव सेतीको पानी पनि कोशीमा गएर हाँस्दैनै मिसिन्छ

जव झालमुरीको श्वर मिठो निर्धक्क हिमालमा गुन्जिन्छ

शेर्पा दाइको छुर्पि पनि पहाड र मधेशमा पुगी चबिन्छ!!६!!

 

हिमालका खोला नालाले झलमल् देशमा बत्ती बालेर

हरेक कुना कन्दरा अनि पहाडमा केवल कारमा चडेर

यो देशको सुन्दर फन्को मार्दै मेट्रोमा चढी झट्ट देख्दा

यस्तो अपूर्व देशका नेपाली हामी हौँ विश्वलाई भन्दा!!७!!

 

देश विकासमा हरपल हामी ब्यस्त अब सँधै नै बनौ !

नचाहिने कुरा गर्नेलाई अब पाता कस्ने नियम बनाऔँ

हरेक नेपालीको पौरख सिपको पहिचान देशले गरोस्

सिप र ज्ञान अनुसारको काम हरेकलाई अर्पण गरोस् !!८!!

 

सन्तान सन्तानले मुटु काट्दा ती आमा कति पो रोलीन

रगत कति बग्ला यो देशमा कता गएर पो आमा धोलिन

लाला बाला खान नपाई चपाएएका अनुहार काख च्यापेर

यस्ती सुन्दर आमा कस्ती कुरुप संसारमा अनि होलीन् !!९?

????????????????????????????????????????:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(:-(

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाका प्राय: राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!