मुख्य समाचार

विवाहित अविवाहितभन्दा धेरै बाँच्छन्

विवाहित अविवाहितभन्दा धेरै बाँच्छन् ! मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ।   सधैं पारिवारिक कलह र दायित्वको बोझ र तनावका कारण धेरै विवाहित व्यक्ति सधैं दिक्क हुन्छन् । सामान्य परिवारको पुरुषहरुलाई घरमा श्रीमतीको कचकच, छोराछोरीको अनेक माग र आफ्नो आम्दानी अनुसार खर्च धान्नै मुश्किल पर्ने गर्छ । धेरै कमले अनुमान गर्न सक्छन विवाहित व्यक्ति बढी स्वस्थ र लामो बाँच्छ भन्ने बैज्ञानीकको कुरामा ।

विवाहित मान्छे सम्भावित स्ट्रोकबाट बाँच्ने सम्भावना अविवाहितको तुलनामा धेरै हुने पछिल्लो एक अध्ययनले देखाएको छ। ‘सामन्यतया विवाहित मानिस अविवाहितको तुलनामा फाइदाजनक अवस्थामा हुन्छन्,’ अनुसन्धानकर्ता भन्छन्, ‘विवाहित मानिस आर्थिक रुपले बढी सबल हुन्छन्। उनीहरुका मित्र, आफन्तजन धेरै हुन्छन् र सामाजिक सहयोग पनि उनीहरुले धेरै प्राप्त गर्छन्।’ अमेरिकाको जर्नल अफ हार्ट एसोसिएसनमा उक्त अनुसन्धान प्रकाशित भएको थियो। उक्त अध्ययनमा २,३५१ महिला र पुरुषको तथ्यांक संकलन गरिएको थियो। ती व्यक्तिमध्ये केही स्ट्रोक भएपछि अस्पताल भर्ती भएका र केही डिस्चार्ज भएका थिए। सन् १९९२ देखि २०१० मा उक्त अध्ययन गरिएको हो। अध्ययनको समयमा ती व्यक्तिमध्ये १,३६२ जनाको अस्पतालबाट घर फर्किसकेपछि मृत्यु भएको थियो।

अनुसन्धानकर्ता म्याथ्यु इ. डुप्रेका अनुसार विवाहित मानिस अविवाहितको तुलनामा अस्वस्थ्य क्रियाकलापमा कमै सामेल हुने भएकाले पनि बढी स्वस्थ्य हुन्छ। ‘विवाहित र अविवाहितको आर्थिक अवस्था उस्तै छ, दुवैले समान रुपमा सामाजिक सहयोग प्राप्त गर्छन् र दुवैको स्वस्थ दिनचर्या छ भने पनि विवाहित मानिस स्ट्रोकबाट बाँच्ने सम्भावना बढी हुन्छ,’ डुप्रेले भने। अनुसन्धानअनुसार लामो वैवाहिक जीवनमा रहेका मानिसको तुलनामा कहिल्यै विवाह नगरेका मानिसको मृत्यु हुने सम्भावना ३४ प्रतिशत धेरै पाइयो। त्यस्तै, सन्तुलित वैवाहिक जीवनमा रहेका मानिसको तुलनामा धेरैपटक सम्बन्धविच्छेद भएका मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशत धेरै पाइएको छ। तर, एकपटक मात्र सम्बन्धविच्छेद भएको छ भने त्यसले मृत्युको सम्भावना नबढाउने अनुसन्धानले देखाएको छ।अनुसन्धान प्रमुख डुप्रे अमेरिकाको ड्युक विश्वविद्यालयका सामाजशास्त्री हुन्। उनका अनुसार यो नयाँ अध्ययनले कयौं पुराना अनुसन्धान नतिजालाई पुष्टि गरेको छ। डुप्रे भन्छन्, ‘हाम्रा सामाजिक सम्बन्धले हाम्रो स्वास्थ्यमा तुरुन्तै र दीर्घकालीन रुपले असर गर्छ।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!