जीवन-दर्शन

जीवन बदल्न सक्ने बिल गेट्सका सफलताका १० मन्त्रहरु

जीवन बदल्न सक्ने बिल गेट्सका सफलताका १० मन्त्रहरु ! विश्वकै धनी व्यक्ति “बिल” गेट्स एक अमेरिकी ब्यापारी, आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन । उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए। माइक्रोसफ्टका संस्थापक तथा च्यारिटीका लागि प्रख्यात बिल गेट्सको जस्तै सफलता पाउने सपना हरेकले देख्ने गर्छन् । उनले माइक्रोसफ्टको सुरुवात आफ्नो घरको ग्यारेजमा गरेका थिए । तर, आज यो इन्फर्मेशन टेक्नोलोजीको दुनियाँमा राज गरिरहेको छ । आखिर बिल गेट्सको सोचमा के त्यस्तो अलग कुरा थियो ? जसले उनलाई यो उचाइमा पुर्यायो । जीवन बदल्न सक्ने बिल गेट्सका सफलताका १० मन्त्रहरु यस प्रकार छन ।

१. गरिब भएर जन्मनु तपाईंको कुनै गल्ती होइन्, यदि गरिब नै मर्नुभयो भने त्यो तपाईंको गल्ती हो ।

२. अप्ठ्यारो कामका लागि अल्छी मानिस खोज्नुहोस् । उनीहरुले यस्तो काम गर्नका लागि सरल उपाय खोज्नेछन् ।

३. यदि तपाईंलाई आफ्ना शिक्षक राम्रा छैनन् भन्ने लाग्छ भने मालिकसँगको भेटका लागि प्रतीक्षा गर्नुहोस् ।

४. यदि तपाईंसँग पैसा छ भने तपाईं दुनियाँको परवाह गर्नुहुने छैन्, यदि तपाईंसँग पैसा छैन् भने दुनियाँ तपाईंको प्रवाह गर्नेछैन् ।

५. यदि ठूलै केही गर्नुछ भने ठूलै जोखिम लिन आवश्यक छ ।

६. यदि तपाईं कुनै चीजलाई राम्रोसँग गर्न सक्नुहुन्न तर त्यसलाई कमसेकम राम्रो गर्ने प्रयास त गर्नुहोस् ।

७. नयाँ चीजबाट मानिस डराउँछन्, पछि त्यसलाई स्वीकार गर्छन् । विजुलीको आविष्कार यसको उदाहरण हो ।

८. सफल नेता त्यही कहलाउँछ, जो दोस्रोलाई मद्धत गर्छ ।

९. आफूलाई दोस्रोसँग तुलना नगर्नुहोस्, यस्तो गरेमा तपाईं आफ्नो आत्मविश्वास गुमाउनु हुनेछ ।

१०. सफलतामा खुशी मनाउनुहोस्, तर आफ्नो असफलताबाट सिक्न नछाडनुहोस् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!