हेल्थ टिप्स

पेटको बोसो घटाउने घरेलु उपाय

पेटको बोसो घटाउने घरेलु उपाय ! बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जीवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । केही खाद्य पदार्थलाई आफ्नो आहारमा समावेश गरेर तपाईं सजिलैुसँग बोसो कम गर्न सक्नुहुन्छ । यस्ता खानेकुराले मोटाबोलिजमलाई बढाएर शरिरबाट बोसो निकाल्न हर्मोनलाई अत्यधिक सक्रिय गराउँछ ।  बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याकेा जोखिम समेत बढाउँछ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ । त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउनतर्फ लाग्नैपर्छ । पेटको बोसो घटाउने सरल घरेलु उपाय निम्न छन्  ।

१. कागती पानी

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

२. खैरो चामलको भात

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । यसका अलावा आफ्नो खानामा गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।

३. गुलियोबाट टाढा

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने चिनिजन्य परिकार मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउने

पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको २-३ पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारी भोजनबाट टाढा

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी र  फलफूल खाने (शाकाहारी जीवनशैली)

शाकाहारी जीवनशैली अपनाउनुहोस् । खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

८. खानामा तौल बढाउने खालका मसलाको प्रयोग नगर्ने

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

१०.  शारारिक ब्यायाम

दैनिक शारारिक ब्यायाम गरेर शरिरको बोसो घटाउनुहोस ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!