सूचना प्रविधि

अनलाइन कारोवार (OnlineTtransaction) भनेको के हो ?

अनलाइन कारोबार संसारका धेरै पूंजी बजारले पालना गरेको प्रणाली हो ।  अनलाइन कारोबार आजको युगमा अति आवश्यक कुरा हो । आफ्नो खाताबाट ब्रोकरको खातामा पैसा पठाईदिने अनि त्यसपछि ब्रोकरले दिएको क्लाईन्ट आईडि र पासवर्डबाट आफै बाई सेल अर्डर हाल्ने । घरमै बसीबसी ल्यापटप वा मोबाईल एपबाट कारोबार गर्न मिल्ने । अनलाइन कारोबार आयो भने ‘रिस्क’ न्यूनीकरण गर्न सकिन्छ ।  अनलाइन कारोबार पारदर्शी हुन्छ । अनलाइन कारोबार प्रणाली संचालनमा आएपछि घरमै बसेर लगानीकर्ताले इन्टरनेटको माध्यमबाट सेयर किनबेच गर्न सक्नेहुँदा लगानीकर्ताले अहिले भोग्दै आएको सास्ती र अनेक समस्या स्वत: समाधान भएर जानेछ । अमेरिका, यूरोपका नेपाली साथीभाईले यहाँको बजारसँग नाता जोड्न चाहान्छन भने उनीहरुको लागि अन्लाईन कारोबार प्रभावकारी हुन्छ । अनलाइन कारोबार प्रणालीले बजारमा आमूल सुधार गर्दछ ।

अहिलेको व्यवस्थामा ब्रोकर संख्या दोब्बर बनाएपनिसबै बैंकलाई लाईसेन्स दिएर पनि पूँजी बजार विस्तारमा खासै ठुलो फरक पर्दैन । अनलाइन कारोबार आएमा सम्पुर्ण नेपालीको घरघरमा बसेर कारोबार गर्ने सुविधा पुग्छ । जसले बजारलाई व्यापक रुपमा विस्ताए गर्न मदत गर्छ । तर शुरुवाती चरणमा ब्रोकरलाई भने केही गारो हुने देखिन्छ, क्लाईन्ट लाई दिने सफ्टवेयर बनाउन निकै ठुलो पैसा खर्च हुने गर्दछ र प्रत्येक महिना त्यसको रेखदेखखर्च लाख माथि पुग्छ । अन्लाईन कारोबारको सरुवात भएमा राम्रै भोलुममा क्यापिटल इनफ्लो हुने निश्चिति छ र हाम्रो पुजी बजारले नयाँ उचाई लाग्नेछ । काठमाडौंमा जनसंख्या अत्याधिक छ तर नेपालका दुर्गम क्षेत्रमा किन मान्छे जान चाहन्न भने त्यहा सुविधाको अभाव छ । जती बजारमा सुविधा वृद्धि हुँदै जान्छ त्यति नै यो क्षेत्रमा लगानीकर्ताको भित्रीने क्रममा वृद्धि हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!