साहित्य-कला

नारामा परिवर्तन भएको मान्छे

यतिखेर म शान्तिको देश
युद्धमा परिवर्तन भएको देख्दैछु

लुम्बिनीमा बुद्धको उपदेश
कहाँनेर छ भनी सोच्दैछु

जताततै अन्धकार छ, सब मान्छेहरू
भ्रष्ट भएका छन्, बुद्धको मुर्ति छ

तर शान्ति छैन, विकास छैन
राष्ट्र छ, राष्टियता छैन नेपालमा

नेपालीपन छैन, यतिखेर म नेपाल
हेर्दैछु बन्द भएको छ, जुलुसमा परिवर्तन भएको छ

आन्दोलन गर्नुपरेको छ, बेरोजगारी बढेको छ
मेरो देशमा अन्धकार छ, तर मेरो देशको

स्वाभिमान झुक्न दिन्न दलालको हातमा
मेरो देश सुम्पिन्न शान्तिबाट नै

युद्ध गरेर युगलाई परिवर्तन ल्याउन चाहन्छु
बदल्न चाहन्छु परिवर्तन ल्याउन चाहन्छु चेतनाको

बत्ति बाल्न चाहन्छु देशमा नवयुवकलाई जगाउँछु
यतिखेर नेपाल बन्द भएको दिन

बीच सडकमा गएर चिच्याउँदै छु
नेपाल बन्द नगर स्वतन्त्र हुन देउ

नेपाल बन्द खोल्नै पर्छ भन्दै नारा लगाउँदैछु
मेरो साथी भन्दै थियो मित्र

नारा लगाउँदै जाउ नछोड
म चाहिँ बिस्तारै बिस्तारै

नारामा परिवर्तन भएको मान्छे थिए
म खोजिरहेको थिए कतै
मेरो देशमा शान्ति छकी भनेर

*अमित संग्रौला बिर्तामोड झापामा बसेर कलम चलाउने लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!