Uncategorized

सगरमाथाको देश नेपाल

सगरमाथाको देश नेपाल । समुन्द्र सतहबाट ८,८४८ मीटर उचाइ भएको सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो नेपालको सोलुखुम्बु जिल्लामा पर्छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सगरमाथाको देश भनेर पनि चिनिन्छ । तिब्बती भाषामा चोमोलुङ्गमा भनिने सगरमाथालाई सन १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९५६ (बि.स.२०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका थिए । साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् ।

सर्वप्रथम सगरमाथा शिखरमा सन १९५३ मे २९ तारिखको बिहान ११.१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पाइला राखेका थिए । जोन हन्ट नेतृत्वको नवौं बेलायती सगरमाथा अभियानका सदस्य रहेका उनीहरु दक्षिण पूर्वी मोहडाबाट चुचुरो पुगेका थिए । सन १९७५ मा जापानी जुन्को ताबेइ सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन् । सन १९९३ मा पासाङ ल्हामु शेर्पा सगरमाथाको शिखरमा पुग्ने पहिलो नेपाली महिला बनिन्। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सगरमाथाको देश भनेर चिनिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!