मुख्य समाचार

सन् २०२० सम्म कृत्रिम मृगौला बजारमा आउने

 

एजेन्सी, फागुन १६, २०७३ ।  सन् २०२० सम्म कृत्रिम मृगौला बजारमा आउने ! मृगौला शरीरको धेरै महत्वपूर्ण अंग हो । यो विना त जीवन  सम्भव छैन । तर आजकल मृगौला रोगबाट पीडित बिरामीहरूको संख्या संसारभरि बढिरहेको छ ।  यी समस्यालाई समाधान गर्नका लागि वैज्ञानिकहरूले कृत्रिम मृगौला बनाएका छन् । तर यस्तो मृगौला बजारमा आउन अझै केही समय लाग्नेछ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया सन फ्रान्सिस्कोका भारतीय मुलका अनुसन्धनकर्ता डा. शुभो रायले यस्तो कृत्रिम मृगौला निर्माण कार्य चलिरहेको जानकारी दिए । केहि समयअघि भारतको एक कार्यक्रममा भाग लिन आएका उनले बताए अनुसार ‘अमेरिकाको फेडरल ड्रग एडमिनिस्ट्रेशन’ले अनुमति दिएपछि कृत्रिम मृगौला प्रयोगमा ल्याइएनेछ । सरकारले मञ्जुरी दिनुअघि यसको सुरक्षित प्रयोग र प्रभावका बारेमा परीक्षण गरिनेछ ।

कृत्रिम मृगौलालाई पेटभित्र राखेर एडजस्ट गरिन्छ । यसले प्राकृतिक मृगौलाले जस्तै रगतलाई सफा गर्छ । हर्मोन्सलाई नियन्त्रण गर्छ । साथै उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । कृत्रिम मृगौलाको मूल्य अहिले निक्र्यौल नगरिए तापनि परम्परागत डायलसिस भन्दा कम खर्चिलो हुने बताइन्छ । डाइलसिस र ट्रान्सप्लान्टको तुलनामा कृत्रिम मृगौला सस्तो हुने बताइएको छ ।

कृत्रिम मृगौला मानव शरीर अनुकूल छ । यसलाई व्यक्तिको पेटमा राख्न मिल्छ । यसको सिधै सम्पर्क मुटुसँग हुन्छ । यसले रगत सफा गर्छ ।  कृत्रिम मृगौलाले प्राकृतिक मृगौलाले झैं काम गर्छ । यसको मुख्य काम भनेको हर्मोनहरूको उत्पादन र रक्तचाप नियन्त्रण हो ।  सन् २०२० सम्ममा कृत्रिम मृगौला उपलब्ध हुने आशा गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!