हेल्थ टिप्स

घ्युकुमारीको जुसका फाईदाहरु

घ्युकुमारीको जुसका फाईदाहरु । सर्वगुण सम्पन्न मानव हितको लागि प्रकृतिले दिएको बरदान घ्युकुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यसको स्रोतको रुपमा लिने गरिन्छ । हाम्रो शरिरको सही विकासका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्ने मध्ये १८ वटा एमिनो एसिड घ्युकुमारीमा पाइन्छ ।
घ्युकुमारीको जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । घ्युकुमारीको जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। घ्युकुमारीको जुसका फाईदाहरु यस प्रकार छन् ।
१. घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ।
२. यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ। घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन।
३. शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववतः अवस्थामा आउँछ। उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ।
४. घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ । घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व हुन्छ। घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ।
५. प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । घ्युकुमारी जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
६. दैनिक रूपमा एक गिलास घ्युकुमारी जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
७. घ्युकुमारीको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
८. घ्युकुमारीको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।
९. घ्युकुमारी जुसले रगतको कमीलाई पनि कम गर्छ । घ्युकुमारी को ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।
१०. घ्युकुमारीको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।
११. घ्युकुमारीको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

यो पनि पढ्नुहोस् 

औषधीको रुपमा घिउ कुमारीको प्रयोग

घिउकुमारीद्वारा एलर्जीको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!