लेखहरु

बुद्ध जन्मेको देश

बुद्ध जन्मेको देश । ई.शा.पूर्वको छैटौ शताब्दीमा कपिलवस्तु गणराज्यका राजा शुद्धोधनको पुत्र राजकुमार सिद्धार्थ गौतमले कठोर तपस्या, ज्ञान र ध्यानबाट बुद्धत्व प्राप्त गर्नु भएको महामानव भगवान् शाक्यमुनी बुद्धलाई नै हामी आज बुद्ध धर्मका प्रवर्तक भगवान बुद्ध मानिन्छ । बुद्ध भन्नाले बोधिज्ञान प्राप्त वा सर्वज्ञ महामानव जसको निर्वाण पछि पूःन दुखमयी भवचक्र संसारमा कुनै पनि रुपमा फेरी–फेरी जन्म हुँदैन । यस्ता व्यक्ति राग, द्वेष, मोह, लोभ रहित पूर्ण रुपमा दुःखबाट मुक्त हुन्छन । बुद्ध धर्ममा अनित्य, अनात्मा र अनिश्वरवाद मुख्य रुपमा अंगिकार गरिन्छ ।

लुम्बिनीमा जन्मनु भएका सिद्धार्थ गौतम बुद्धलाई बौद्ध धर्मको अभ्यासमा भद्रकल्पमा हजार बुद्धहरुको प्रकट हुने विश्वास गरिन्छ सो हजार बुद्धहरुमध्ये कश्यपबुद्ध, क्रकुछन्द बुद्ध, कोनकमुनी बुद्धपछिको वर्तमान कालको बौद्ध शासन काललाई शाक्यमुनी बुद्धको शासनकाल मानिन्छ । नेपालको बृहत्तर लुम्बिनी क्षेत्रको कपिलवस्तुमा क्रकुछन्द बुद्ध, कोनकमुनी बुद्ध तथा शाक्यमुनी बुद्ध लुम्बिनी पवित्र उद्यानमा जन्मनु भएकाले नेपाल बुद्धहरुको देश हो । महामानव सिद्धार्थ गौतम बुद्ध नेपालको एक विभूति तथा एसिया महादेशका तारा हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिको देश तथा बुद्ध जन्मेको देश भनेर चिनिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!