टिप्स

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु ! भनिन्छ मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ।

भन्छन प्राय: पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटक मात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु यस प्रकार छन्।

१. मिठो मुस्कान

पुरुषहरु महिलालाई देख्ने बित्तिकै मुसुक्क हाँस्ने गर्दछन् । कुनै पुरुषले एक महिलालाई माया गर्छ भने उसले ती महिलालाई मिठो मुस्कानका साथ हेर्ने गर्दछ ।

२. लजाउनु

यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई मनमनै माया गरिरहेको छ भनेर सम्झनुहोस् । तर राम्री महिलाहरु देख्ने बित्तिकै पुरुषहरु लजाउने गर्दछन् किनभने यो उनीहरुको स्वभावभित्र पर्दछ ।

३. छटपटाहट

यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छन् र कुरा सुरु गर्न आत्तिरहेका छन् भने भने ती पुरुष तपाईंको मायामा परेको सम्झनुहोस् ।

४. स्पर्श

यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार कुनै बाहानामा स्पर्श गरिरहन्छन् भने उनलाई तपाईं राम्रो लाग्छ । यसमा उनको उद्देश्य भनेको तपाईंको ध्यान उसतर्फ आकर्षित गर्नु हो ।

५. तपाईंको कम्मरमा हात राख्नु

यदि तपाईंको कम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु हो । यसबाट यो पत्ता लाग्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराइरहेका छन् ।

६. आँखा झुकाएर कुरा गर्नु

यदि तपाईंको प्रेमी तपाईंसँग नजर झुकाएर कुरा गर्छन् भने उनले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् ।

७. टाउको निहुराउनु

यदि कोहि पुरुषले तपाईंतर्फ टाउको निहुराइरहेको छ र तपाईंले बोलेको कुरालाई ध्यानपूर्वक सुनिरहेको छ भने ती पुरुषले तपाईंलाई निकै मनपराउँछन् र तपाईंसँग कुरा गर्न उनलाई निकै रमाइलो लाने कुरा बुझ्नुहोस् ।

८.  नक्कल

कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन्, यो पनि उनीहरुको माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!