मुख्य समाचार

आजदेखि चितवनमा पनि लोडसेडिङ नहुने    

२७ माघ, काठमाडौं । आजदेखि चितवनमा पनि लोडसेडिङ नहुने ! नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि चितवनलाई लोडसेडिङमुक्त बनाएको छ । बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबोह सबै फिडरमा अब लोडसेडिङ हुने छैन । अब राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका चितवनका सबै क्षेत्रमा पनि लोडसेडिङ हुने छैन ।

केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनललाई छिटै लोडसेडिङमुक्त गरिने बताएका थिए । चितवन औद्योगिक जिल्लाका रुपमा विकास भइरहेको छ । विशेशषगरी पोल्ट्री, कृषि र पशुपालनमा चितवनको बलियो अवस्था छ । लोडसेडिङ अन्त्य भएपछि चितवनमा थप उद्योगधन्दा र कल-कारखाना खुल्ने अनुमान छ । कुनै समय थियो नेपाली जनताहरु १८/१८ घण्टा लोडसेडिङ भएर अन्धकारमय बस्नु पर्दथ्यो।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!