राष्ट्रिय समाचार

छठमा तराईमा लोडसेडिङ नहुने

 काठमाडौं, २१ कात्तिक । छठमा तराईमा लोडसेडिङ नहुने ! भएको छ । तराईवासीको ठूलो पर्व छठलाई लक्षित गरेर नेपाल विद्युत प्राधिकरणले तराईमा लोडसेडिङ नगर्ने जनाएको छ । ‘छठ पर्व भनेको तराईवासीको अत्यन्तै महत्वको पर्व हो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘त्यसैले शनिबार र आइतबार तराईमा लोडसेडिङ नहुने बताए ।’

तराईमा भएका अधिकांस उद्योगहरु छठमा बन्द हुने भएकाले विद्युतको व्यवस्थापन गर्न कठिन नभएको उनले सुनाए । ‘तराईका उद्योगहरु बन्दहुन्छन्, त्यति गर्दा पनि केही विजुली पुग्दैन’ घिसिङले भने, ‘भारतबाट हुने आयात केही बढाउँछौं र पहाडका केही स्थानको बिजुली कटौती गर्छौं ।’

छठको साँझ तराईमा झिलिमिली बत्ती बालिने हुँदा आइतबार तराईमा विजुलीको माग अत्यधिक हुन्छ । विद्युत प्राधिकरणले तीन हप्तादेखि काठमाडौंको लोडसेडिङ पनि हटाएको छ । उपत्यकामा पूर्णरुपमा लोडसेडिङ हटाउने पाइलट प्रोजेक्टका रुपमा अहिले लोडसेडिङ हटाइएको घिसिङले बताए ।

स्रोत : अनलाईनखवर

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!