राष्ट्रिय समाचार

ताप्लेजुङमा ९ स्थानीय तह बनाईने

२० कातिक, ताप्लेजुङ । ताप्लेजुङमा ९ स्थानीय तह बनाईने  ! ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका बनाउनेसर्वदलीय सहमति जुटेको छ । जिल्ला प्राविधिक समितिले शनिबार गरेको सर्वदलीय बैठकमा ताप्लेजुङ नगरपालिकासहित ८ स्थानीय तह बनाउने सहमति भएको संयोजक तथा स्थानिय विकास अधिकारी राजेश गौतमले बताए ।

यसअघि दश दलले एउटा खाँका बनाउँदै सहमति गरेपनि एमालेले असहमति जनाउँदा अन्तिम निर्णय हुन सकेको थिएन । तर, शनिबारको बैठकमा दश दलले बनाएको खाँकामा नाल्बु गाविसलाई सुलुम्फी डाँडा केन्द्रमा थप्ने एमालेको प्रस्तावमा सहमति जुटेसँगै स्थानिय तहले अन्तिम रुप पाएको छ ।

समितिले शनिबार नै प्रतिबेदन तयार गरी आयोगमा पठाउँदैछ । दुई वटा गाउँपालिकाको केन्द्रमा दलहरुवीच सहमति नजुटेकाले दुबै स्थान लेखेर आयोगमा पठाउने सहमति भएको संयोजक गौतमले बताए ।

सर्वदलीय सहमतिबाट तयार पारेको खाका

क्र.स नाम गाविस केन्द्र
ताप्लेजुङ नगरपालिका फुङ्लिङ, दोखु, हाङ्देवा, फुरुम्बु, फावाखोला फुङ्लिङ
सिदिङ्मा कालिखोला, सादेवा, आङ्खोप, साप्लाखु, मेहेले, लिम्बुदिन, सुरुम्खिम । साप्लाखु भञ्ज्याङ
श्रीजंगा सिनाम, खेवाङ, याम्फुदिन, मामाङखे, पेदाङ, तेल्लोक, आम्बेगुदिन, सिकैचा तेल्लोक
याङ्रक थुम्बेदिन, चाक्सिबोटे, डुमि्रसे, तिरीङे, थेचम्बु, नाङ्खोल्याङ । थेचम्बु
आठराई निगुरादिन, फुलबारी, हाङ्पाङ, चाागे हाङ्पाङ
मेवाखोला फाकुम्बा, सााघु, ढुङ्गसााघु, ढुङ्गेसाँघु/साँघु
मेरिङ्देन थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थुकिमा, नाल्बु सुलुम्फी डाँडा माईखु
मिक्वाखोला पापुङ, सावा, लिवाङ, खोक्लिङ साँवा
फक्ताङ्लुङ सावादिन, खेजेनिम, लिङ्खिम, ईखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङ्गोला सिवा/तापेथोक

स्रोत : रविन भट्टराई, अनलाईनखवर

थप जानकारीको लागि तलको लिक हेर्नुहोला ।

खाका/नक्सा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!