मुख्य समाचार

डोनाल्ड ट्रम्पलाई स्टेजबाट भगाईयो

 एजेन्सी, कार्तिक २१ । डोनाल्ड ट्रम्पलाई स्टेजबाट भगाईयो ! अमेरिकी राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प नेभेडाको रेनोमा एउटा रयालीलाई सम्बोधन गर्दै गर्दा सुरक्षाको खतराको सकेत देखिएकोले उहाका गोप्य सुरक्षाकर्मीले  स्टेजबाट  भगाएका थिए ।

 बीबीसीका अनुसार सो चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सभामा सहभागी मानिसका बीच केही शंकाश्पद मानिस देखा परेका थिए। ट्रम्पले सभालाई सम्बोधन गर्दैगर्दा रोकिएर शंकास्पद गतिविधि गर्दै गरेको मानिसतर्फ हेरे। ट्रम्प रोकिएको निमेशभरमै सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाएको  बीबीसीले जनाएको छ।

अनुमान गरिन्छ कि तालु खुइलिका एक मानिसले बन्दुक लिएर प्रवेश गरेको कुरा उनका समर्थकले देखेको हल्ला गरेका थिए । एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुईँमा लडाएर शरीरको तलासी लिए । सुरक्षाकर्मीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। पक्राउ परेका व्यक्तिबाट कुनै हतियार भने फेला नपरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

तर त्यसको केही समयपछि ट्रम्प पुन चुनावी सभालाई सम्बोधन गर्न मंचमा आएका थिए। सम्बोधनका क्रममा ट्रम्पले हिराली क्लिन्टनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!