विज्ञान जिज्ञासा

उमेरसँगै मानिसको उचाइ बढ्न किन रोकिन्छ ?

निश्चित उमेर अवधिसम्म मानिसको शरीरको उचाई बृद्धि हुन्छ भने उसले अपनाउने जीवनशैली र पोषणयुक्त खानपानले पनि उचित मात्रामा उचाई बढाउने काम गर्छ । वास्तवमा मानिस कति अग्ला हुन्छ भन्ने कुरा यसको जिनमा निर्भर गर्छ । यसका साथै ह्युमेन ग्रोथ हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । खासगरी किशोर अवस्थामा शरीरको उचाई तिब्र रुपमा बढ्छ । अक्सर २१ बर्षसम्म मात्र उचाई बढ्ने गर्छ । सामान्यतः जन्मिने बेलामा शिशु शरीरको लम्बाइ ५० सेन्टिमिटर हुन्छ । त्यसपछि २० वर्षमा उसको उचाइ ३ गुुणसम्म बढेर औसत १७ मिटर पुग्न जान्छ । तर, त्यसपछि भने उचाइमा खास परिवर्तन आउँदैन । हाम्रो उचाइ सधैँ किन बढिरहँदैन । हाम्रो उचाइ बढ्न कुन तत्वले रोक्छ ?

हाम्रो शरीरमा ग्रन्थीहरुको एउटा प्रणली हुन्छ, जसलाई इन्डोक्राइन प्रणाली भनिन्छ । यस प्रणालीअन्तर्गत ग्रन्थीहरुले हाम्रो शरीरको उचाइको नियन्त्रण गर्ने काम गर्दछन् । इन्डोक्राइन ग्रन्थीहरुमा थाइरोइड ग्रन्थी, पिट्युटरी ग्रन्थी, थाइमस ग्रन्थी र लैँगिक ग्रन्थीहरु पर्दछन् । पिट्युटरी ग्रन्थीले हाम्रा हाडहरुको आकारको नियन्त्रण गर्दछ । यदि यो ग्रन्थी धेरै सक्रिय भएमा हाम्रा हात तथा खुट्टाहरु निकै लामा–लामा हुन्छन् । तर, यसले राम्ररी काम गरेन भने पुड्को भइन्छ ।

शिशु जन्मिदाँ उसको थाइम ग्रन्थी टूलो हुन्छ र यो ग्रन्थीको आकार बाल्यकालमा बढ्दै जान्छ । तर, किशोरावस्थामा यसको आकार सानो हुन थाल्छ । थाइमस ग्रन्थी र लैँगिक ग्रन्थीहरुबीच एक प्रकारको सम्बन्ध हुन्छ । जबसम्म थाइमस ग्रन्थी र लैंगिक ग्रन्थीहरुबीच एक प्रकारको सम्बन्ध हुन्छ । जबसम्म थाइमस ग्रन्थीले काम गरिरहेको हुन्छ, तबसम्म लैँगिक ग्रन्थीहरु स–साना हुन्छन् । लैँगिक ग्रन्थीहरुले काम गर्न थालेपछि थाइमस ग्रन्थीले काम गर्न छाड्छ । फलस्वरुप लैँगिक रुपमा वयस्क भइसकेपछि २०/२२ वर्षको उमेरमा मानिसको शरीर बढ्न रोकिन्छ ।

कहिलेकाहीँ लैगिक ग्रन्थीहरुको चाँडो विकासको कारण थाइमस ग्रन्थी चाँडै निष्क्रिय हुन जान्छ, जसको कारण शरीरको उचाई सामान्यभन्दा कम हुन जान्छ । लैँगिक ग्रन्थीहरु ढिलो विकास भएको खण्डमा मानिसको उचाइ सामान्यभन्दा बढी हुन जान्छ । सत्य त के हो भने हाम्रो उचाइ २५ वर्षको उमेरपछि ३५÷४० वर्षसम्म पनि बढिरहन्छ, तर निकै थोरै गतिमा मात्रै । त्यसपछि भने प्रत्येक १० वर्षमा करिब १२ मिलिमिटरको दरमा उचाइ घट्छ । यसको कारण भने हड्डीका जोर्नीहरु तथा मेरुदण्डमा हुने कुर्कुरे हड्डी सड्नु हो ।

यो पनि पढ्नुहोस्  

वंशाणुगत गुण (Heredity) के हो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!