मुख्य समाचार

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ट ट्रम्पको अग्रता

एजेन्सी, कार्तिक २४, २०७३ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ट ट्रम्पको अग्रता ! मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन थालेको छ । अहिले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अगाडि छन् । निर्वाचन नतिजाको सुरुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएपनि अहिले रिपब्लिकन पार्टीका ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । अहिलेसम्म ४३  प्रान्तको मतगणना सकिएको छ । उनले २४४ इलेक्टोरल भोट पाएका छन् । हिलारी क्लिन्टनले भने २१५ मत ल्याएकी छन् ।  ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ ।

अब ७ वटा राज्यको मात्रै मत परिणाम आउन बाँकी छ । पछिल्लो परिणाममा नेवादामा क्लिन्टनले जित हासिल गरेकी छन् । अब ट्रम्पलाई जित्न २६ भोट आवश्यक छ भने क्लिन्टनलाई ५५ भोटको खाँचो छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!