मुख्य समाचार

बाराक ओबामा अन्तिम अमेरिकी राष्ट्रपति बाबा भान्गाको भविष्यवाणी

एजेन्सी, २५ कात्तिक । बाराक ओबामा अन्तिम अमेरिकी राष्ट्रपति बाबा भान्गाको भविष्यवाणी ! अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि चकित परेका मिडियाले अनेक विश्लेषण गर्न थालेका छन् । हिलारीको पक्षमा माहौल बनाउँदा पनि जिताउन असफल भएका मिडियाले यतिबेला एक अन्धी महिलाले कैयौं वर्ष अघि अमेरिकाको बारेमा गरेको एक भविष्यवाणीबारे ब्यापक चर्चा भएको छ ।

को थिइन बाबा भान्गा ?

बुल्गेरियाकी नागरिक एक अन्धी रहस्यवादी भविष्यवेत्ता महिला हुन जसले सन् २००१ मा भएको सेप्टेम्बर ११ को भयानक आक्रमण, इस्लामिक स्टेटको उदयबारे गरेको भविष्यवाणी ठ्याक्कै मिलेको थियो ।

रिपोर्टका अनुसार बाबा भान्गा नामकी ती महिलाले सन् २०१६ मा इस्लामिकहरुले युरोपमा आक्रमण गर्ने भविष्यवाणी गरेकी थिइन् जुन मिलिसकेको छ । रिपोर्टका अनुसार बाबा भान्गाले ओबामा सत्तामा आएपछि ठूलो आर्थिक संकट आइलाग्ने भविष्यवाणी गरेकी थिइन् जुन पुरा भएको थियो ।

उनको जन्म सन १९११ जनवरी ३१ तारिकमा म्यासेडोनियाको स्त्रुमिकामा भएको थियो भने मृत्यु सन १९९६ अगस्ट ११ तारिकमा बुल्गारियाको सोफियामा ८५ वर्षको उमेरमा भएको थियो ।

कस्तो छ उनको भविष्यवाणी ?

उनले अमेरिकामा अफ्रो-अमेरिकन राष्ट्रपति अन्तिम राष्ट्रपति बन्ने समेत बताएको मिडियाको दावी छ । उनले अमेरिकाको ४४ औं राष्ट्रपति अर्थात बराक ओबामा नै अन्तिम राष्ट्रपति हुने भविष्यवाणी गरेको भन्दै अमेरिका सहित अन्य देशका मिडियाले उनको भविष्यवाणीबारे अनेक अडकलवाजी गरेका छन् ।

आगामी जनवरी २० मा सपथग्रहण नगरेसम्म डोनाल्ड ट्रम्प औपचारिक रुपमा अमेरिकाको राष्ट्रपति मानिने छैनन् । त्यतिबेलासम्म ओबामा नै अमेरिकाको राष्ट्रपती र कायर्कारी हुनेछन् ।

ट्रम्प विजयी भइसकेकपछि अव ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने भविष्यवाणी कसरी पुरा हुन्छ भनेर विभिन्न कोणबाट अडकलवाजी शुरु भएका हुन् । ट्रम्प विजयी भए लगत्तै अमेरिकी मतदाता आफ्नो राष्ट्रपति नभएको भन्दै सडकमा निस्किएका छन् । यो उनका लागि अनिष्टको संकेत मानिएको छ ।

भान्गाले सन् २०१० मा अरव विद्रोह हुने भविष्यवाणी पनि गरेको बताएको छ जुन सत्य सावित भैसकेको छ । उनले सन् २१३० मा मानिसहरु मुनी सभ्यता बसाउन सफल हुने र ३००५ मा मंगल ग्रहमा लडाइँ हुनेछ ।

स्रोत : न्युज डट कम अष्टेलिया र डेलिमेल को युकेको सहयोगमा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!