मुख्य समाचार

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित

एजेन्सी, कार्तिक २४, २०७३ । डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएका छन्। बुधबार भएको अन्तिम परिणामअनुसार डोनाल्ड  ट्रम्पले २७६ मत ल्याई डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै  विजयी भएका हुन् ।

हिलारी क्लिन्टनले भने २१८ मत ल्याएकी छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!